Latest Updates :

मध्यरातमा रौतहटमा अपराधिक समूह र प्रहरीबीच भिडन्त, एककाे मृत्यु

SHARE THIS POST :
रौतहट– रौतहटमा विहीबार राति अपराधिक समूह र प्रहरीबीच दोहोरो गोली हानाहान हुँदा एक जनाकाे मृत्यु भएकाे छ। खुट्टा र पिठ्युमा गाेली लागेर जिल्ला अस्पतालमा ल्याइएका अपराधिक समूहका एक सदस्यकाे बाटाेमै मृत्यु भएकाे हाे।
प्रहरीका अनुसार राजदेवी नगरपालिकाको मुडउल्वा टोलको उत्तरपट्टी बाग्मती नदीको तटबन्धनमा विहीबार राति प्रहरी र ३ जनाको समूहमा रहेका अपराधीबीच भिडन्त भएको थियाे। दोहोरो भिडन्तमा प्रहरीबाट ३१ राउण्ड प्रहार भएको थियो भने अपराधीबाट १२ राउण्ड गोली प्रहार भएको बुझिएको छ।
उनीहरुको एसएमजी बन्दुक र सोमा लाग्ने म्याग्जिन प्रहरीले बरामद गरेको छ। उनीहरुलाई समात्न प्रहरीले एम्बुस थापेको थियो। वन टेस्ट मोटरसाइकलमा आएका ३ जनामध्ये दुई जना फायर गर्दै भारततिर भागेका छन्।
रौतहटका डीएसपी रामकुमार दानीले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र घटनाको अनुसन्धान भइरहेको बताए। नागरिक न्युजमा खबर छ
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger