कम्पनीले असार मसान्तसम्म काम सके पनि उसको जरीवाना ३ करोड पचास लाख हाराहारी पुग्ने छ । कम्पनीले गएको मंसिरमै काम सक्ने सम्झौता गरेपनि हालसम्म नसकेपछि जरिवानामा परेको हो ।
राप्रपा नेता समेत रहेका बिक्रम पाण्डे, प्रताप तामाङ र ठाकुर कँडेलको साझेदारीमा रहेको उक्त कम्पनीले भैरहवाको अञ्चलपुरदेखि बर्मेलीटोलसम्म २ हजार २ सय मिटर र डण्डा खोलाको पुलसहित दायाँ बायाँ सडक निर्माण गर्नेगरी ४५ करोडमा ठेक्का पाएको थियो ।
त्यसैगरी बर्मेली टोलस्थित बुद्धचोकमा बुद्धको मूर्ति निर्माण गर्ने जिम्मा लिएको ‘अलकापपुरी निर्माण सेवा’ ले ५९ हजार रूपैया जरीवाना बुझाएको छ ।
१६ लाख रूपैयामा निर्माण गर्ने गरी जिम्मा लिएको उक्त कम्पनीले समयमा काम सम्पन्न नगरेकोले ब्यापारीक मार्ग बिस्तार आयोजना बेलहिया बुटवल कार्यालयले जरीवाना गरेको हो ।
सम्झौतामा बन्द हड्ताल, भूकम्प जस्ता कावु बाहिरको परिस्थिति श्रृजना भएमा निर्माण ब्यवसायीले उक्त अवधीमा काम हुन नसकेको भन्दै थप समय पाउने ब्यवस्था छ । सो बापत उक्त कम्पनीले ५० दिन समयको लाभ लिएको देखिन्छ ।
बुटवल–बेलहिया सडक आयोजनाले कम्पनीले निर्माण कार्य गरे बापत पाउनुपर्ने रकमबाट कट्टा गरी जरिवाना रकम राजश्वमा दाखिला गरेको हो ।
पुनःनिर्माणमा उदासीनता
काठमाडौँ, १७ जेठ (रासस) ः भूकम्प गएको तीन वर्ष बितिसक्दा क्षति पुगेका एक हजार ५९८ सम्पदामध्ये ७९ वटा अर्थात् ४.९४ प्रतिशतको मात्रै पुनःनिर्माण भएको छ ।
पुरातत्व विभागले प्रकाशन गरेको भूकम्पद्वारा प्रभावित स्मारकको प्रारम्भिक प्रतिवेदनबमोजिम २० जिल्लाका एक हजार ५९८ सम्पदा भूकम्पबाट प्रभावित भएका थिए । उपत्यकाका एक हजार १०४ र उपत्यका बाहिरका ४९४ सहित एक हजार ५९८ सम्पदामा भूकम्पबाट क्षति पुगेको विवरण विभागसँग छ ।
महालेखा परीक्षकको ५५ औँ वार्षिक प्रतिवेदन २०७४ मा उल्लेख गरिएको विवरण अनुसार भूकम्पले काठमाडौँमा ५६४, ललितपुरमा २८४ र भक्तपुरमा २५६ गरी एक हजार १०४ सम्पदामा क्षति पु¥याएको थियो । देशभरि सात हजार ४०२ र उपत्यकामा मात्र पाँच हजार ४०२ पुरातात्विक सम्पदा सूचीकृत छन् ।
महालेखाको प्रतिवेदनमा भनिएको छ, “क्षति भएकामध्ये पुनःनिर्माण सम्पन्न भएका, निर्माणाधीन र बाँकीको संख्या यकिन गरी राखिएको पाइएन ।”
सम्झौताको एक वर्षपछि शुरु हुँदै काष्ठमण्डप पुनःनिर्माण
ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण रहेको काष्ठमण्डप समुदायको सहभागितामा पुनःनिर्माण हुने सम्झौता भएको एक वर्ष बितिसक्दा पनि काम शुरु हुन सकेको छैन । काष्ठमण्डप पुनःनिर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने गरी गत वर्ष वैशाख २९ गते सम्झौता भएको थियो ।
सम्झौता लगत्तै स्थानीय तहको निर्वाचन भयो । काष्ठमण्डप पुनःनिर्माण अभियानका अध्यक्ष वीरेन्द्रभक्त श्रेष्ठका अनुसार, महानगरपालिकामा पदाधिकारी निर्वाचित भएर आएपछि महानगरले आफैँ बनाउने भनेर अभियानलाई काम गर्न नदिएकाले पुनःनिर्माणको कार्य अवरुद्ध हुन गएको हो ।
अभियानका अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पुनःनिर्माण गर्न शुरु भैसकेको काष्ठमण्डप क्षेत्रमा महानगरपालिकाले असार ६ गते ताला लगाई साँचो लिएर हिँड्यो । महानगरपालिका आफूले पनि बनाएन, हामीलाई पनि काम गर्न दिएन ।”
अभियान र महानगरपालिकाबीच काष्ठमण्डपलाई पहिलेकै स्वरुपमा पुनःनिर्माण गर्ने गरी गत वर्ष वैशाख २९ गते १५ बुँदे सम्झौता भएको थियो । तर सो सम्झौतालाई मान्यता नदिई महानगरपालिकाले आफैँ बनाउँछु भनी निर्माण कार्य रोकेको पनि दश महिना बितिसक्यो ।
पुनःनिर्माण कार्यमा विवाद भई आपसी समझदारी कायम हुन नसकेमा प्राधिकरणको कार्यकारी समितिबाट हुने निर्णय नै अन्तिम हुने भनी सम्झौतामा उल्लेख थियो । यसै आधारमा महानगरपालिकाले हस्तक्षेप गरेर अभियानलाई काम गर्न नदिएपछि अभियानले पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखेरै जानकारी गरायो ।
प्राधिकरणको कार्यकारी समितिले महानगरलाई नै काम गर्न दिने निर्णय गरिदिए पछि रोकिएको पुनःनिर्माणको काम अलपत्र भयो । महानगरपालिकाले काम शुरु नगरेपछि पुरातत्व विभागले गत पुस १८ गते पत्र काटेर छिटो काम शुरु गर्न अनुरोध गरेको थियो । तर अहिलेसम्म काम अघि बढ्न सकेको छैन । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भन्नुहुन्छ, “पुरातत्व विभागबाट बनेर आएको नक्शा पास भैसकेको हुनाले अब स्थानीयवासीसँग छलफल गरी काम अघि बढाउने तयारीमा छौँ ।” ।
काष्ठमण्डप पुनःनिर्माणका लागि महानगर र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले छलफल गरी समिति गठन गरेका छन् । समितिको अग्रसरतामा वैशाख ३१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्रप्रसाद अधिकारीले पुनःनिर्माण शुभारम्भ गर्नुभएको छ । पुनःनिर्माण शुभारम्भपछि निर्माण सामग्री जुटाउने काम भइरहेको निर्माण समिति संयोजक एवम् प्रदेशसभा सदस्य राजेश शाक्यले जानकारी दिनुभयो ।
“निर्माण सामग्री जुटाएर चार महिनामा पुनःनिर्माण शुरु गर्छौँ, सरकारले नीति तथा कार्यक्रममा प्रतिबद्धता जनाए अनुसार तीन वर्षमा काष्ठमण्डप पुनःनिर्माण सम्पन्न हुन्छ” – उहाँले भन्नुभयो ।
काष्ठमण्डपको एक हजार १०० वर्ष पुराना काठहरु वसन्तपुर क्षेत्रमा अलपत्र छाडिँदा चोरी हुने र नासिने जोखिम बढेको छ ।
हनुमानढोका संरक्षण कार्यक्रमले भने विभिन्न कलाकृति कुँदेर काष्ठमण्डपमा हालिएका झ्याल, ढोका लगायत पुरातात्विक चीजबीज सुरक्षित रहेको दावी गरे पनि अभिलेख भने देखाउन सकेन ।
भूकम्पपछि पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को संयुक्त पहलमा गरिएको उत्खननबाट प्राप्त भएका अवशेषको आधारमा यो सम्पदा इस्वी संवत्को सातौँ शताब्दीमै बनेको पुष्टि भएको थियो ।
यसअघि काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको उल्लेख नाम सङ्गीति ग्रन्थमा फेला परेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्मराज बाँस्कोटाले जानकारी दिनुभयो ।
घाँसेमैदान बन्दै रानीपोखरी
अढाइ वर्ष अघि १८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा रानीपोखरी र त्यहाँको बालगोपालेश्वर मन्दिर पुनःनिर्माण गर्न राष्ट्रपतिले शिलान्यास गर्नुभए पनि पुनःनिर्माणको काम अलपत्र छ । रानीपोखरी घाँसे मैदानमा परिणत भएको छ ।
महानगरपालिका र निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार गत कात्तिक मसान्तसम्ममा पुनःनिर्माण सकिनु पर्ने थियो । महानगरका इन्जिनियर भीष्मराज सोगुका अनुसार रानीपोखरी पुनःनिर्माणमा हालसम्म रु चार करोड खर्च भइसकेको छ । “विज्ञ समूहले बनिसकेको संरचना भत्काउने प्रतिवेदन दिएकाले यस अघिको खर्च यसै खेर गयो” – उहाँले भन्नुभयो ।यहाँ १०८ तीर्थस्थलको जल हालेर बनाइएको ‘विष्णुतीर्थ’ पुनःनिर्माण क्रममा कंक्रिट प्रयोग गरिएको विषयमा नगर प्रमुख र उपप्रमुखबीच विवाद भएपछि २०७४ पुस १३ गते महानगरले पोखरी पुनःनिर्माणको अध्ययन गरी १५ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन ग¥यो । समितिले पुरानै स्वरुपमा पुनःनिर्माण हुनुपर्ने प्रतिवेदन दिएको छ तर, काम अघि बढ्न सकेको छैन ।
बालगोपालेश्वर गत वर्ष असारमै पुनःनिर्माण सम्पन्न हुनुपर्ने गरी सम्झौता भएको थियो । स्थानीयवासी सुमना श्रेष्ठ भन्नुहुन्छ, “ऐतिहासिक सम्पदाहरु अस्तित्वको संकटमा परेका छन् । रानीपोखरी चौर बनेको छ भने बालगोपालेश्वर मन्दिर जमिनमै हराएको छ ।”
बनेन रातो मच्छेन्द्रनाथ मन्दिर
अढाइ वर्ष अघि भूकम्प सुरक्षा दिवसकै अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ ललितपुरको बुङ्मतीमा रातो मच्छेन्द्रनाथको मन्दिर पुनःनिर्माण कार्यको शिलान्यास गर्नुभयो । यो काम पनि सुस्त गतिमा छ ।
श्रीलङ्का सरकारको रु पाँच करोड आर्थिक सहयोगमा पुनःनिर्माण हुँदै गरेको रातो मच्छिन्द्रनाथको मन्दिर २०७५ असारमा सकिनु पर्ने सम्झौता छ । तर अहिलेसम्म २५ प्रतिशत मात्र काम भएको परियोजना प्रमुख एवम् पाटन दरबार हेरचाह अड्डा प्रमुख काजी प्याकुरेल बताउनुहुन्छ ।
“तीन महिनादेखि काम रोकिएको छ, हालसम्म फाउन्डेसनको पेटीसम्मको मात्र काम भएको छ, समय थप गर्ने गृहकार्य भइरहेको छ, द्रुत गतिमा काम भएपनि दुई वर्ष पुनःनिर्माण सक्न लाग्छ” – उहाँले भन्नुभयो ।
धरहरा ढलेको ढल्यै
Post a Comment