Latest Updates :

एक्कसी डुंगामा चट्याङ पर्यो, साथी सुप्रिम खुत्रुक्कै फेवा तालमा खस्यो (भिडियो सहित)

SHARE THIS POST :

काड्माण्डौंका अनिल रोक्का आफ्ना चार जना साथीहरुसंग कक्षा १२ को परीक्षा सकिएपछि पोखरा घुम्न आए । पोखराको लेकसाईडमा १२ गते होटल बुक गरे । १३ गते बिहान तालबाराही दर्शनको लागी गए । खाना खाएपछि अनिलसहित पाँच जना फेवा तालमा बोटिङमा गए । पाँच जना भएपछि उनीहरुले गाईड लान आवश्यक ठानेनन् । फेवातालमा डुङगा लिँदा चार्को घाम लागेको थियो । पाँच जान युवाहरु रमाईलो गर्दै फेवा तालको बीचमा पुगे । फेवा तालको बीचमा पुगेपछि पानी र हावाहुरी चल्न थाल्यो । उनीहरु आत्तिए र मन्दिर भएतिर आउन प्रयास गरे । हावाको बेग मन्दिरबाट माथितिर थियो, उनीहरुको डुंगा माथितिरै गयो, उनीहरु झन पानीको बिशाल भागमा फस्न पुगे ।
घाईते अवस्थामा उद्दार भएका अनिल रोक्का भन्छन्–‘हामी सबैले बलप्रयास गरेर डुंगा किनार लगाउन खोजियो तर हावाको बेग र असिना पानीका कारण सकिएन’। आकाशबाट असिना झरेको थियो भने चट्याङ्का आवाजहरुले उनीहरुलाई अत्यास लागेको थियो ।
पोखराको गण्डकी मेडिकल कलेजमा उपचारार्थ रहेका अनिल सम्झन्छन्–‘एक पटक आकासमा ठूलो गर्जन सहित चट्याङ पर्यो, हामी सबै डुंगाबाट उछिटियौं, यसो हेर्दा सबै थियौं साथी सुप्रिम थिएन’ ।
आईतबार पोखराको फेवातालमा तिब्र हावाहुरीका कारण डुगां पल्टिदा एक जना बेपत्ता भएका छन भने ४ जनालाई सशत्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।आईतबार दिउसो सवा ३ बजे डुगां पल्टिदा रामेछापका १८ बर्षिय सुप्रिम लामा बेपत्ता रहेका छन भने सशत्र प्रहरी नायब निरिक्षक गौतम राज कुँवर नेतृत्व १५ जनाको उद्धार टोलीले सिन्धुलीका १८ बर्षिय बिशाल थापा, काठमाडौं सितापाईलाका १७ बर्षिय अनिल रोक्का, भक्तपुरका १९ बर्षिय मन्दिप मल्ल, र सोही ठाउँकै १७ बर्षिय शुनिल कुँवरको सकुशल उद्धार गरेको हो । हेरौं घटनास्थलमा के भयो, कसरी घटना घट्यो र उद्दार संभव भयो ?
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger