सोमवार पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ४ ख ८२३२ नम्बरको बसले ठक्कर दिदा घोडाघोडी १ का १६ वर्षिय दिपक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालले चौधरीलाई अन्यत्रै रेफर गरेपछि कोहलपुर लैजादै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस र बस चालकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ।

Post a Comment