Latest Updates :

आफ्नै योजनामा आफैँलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका श्री निवासाचार्यलाई हातहतियार खरखजना मुद्दा- भिडियो हेर्नुस

SHARE THIS POST :

बिराटनगरः आफ्नै निर्देशनमा आफैँलाई गोली हान्न लगाएको अभियोगमा पक्राउ परेका हिन्दु धर्मगुरु श्री निवासाचार्यविरुद्ध प्रहरीले हातहितयार खरखजना मुद्दा अघि बढाएको छ ।

सोमबार काठमाडौँबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार खरखजना मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेको हो । देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको थियो । प्रहरीले लामो अनुसन्धानपछि श्री निवासाचार्यलाई गोली हान्ने र पेस्तोल उपलब्ध गराउनेलाई पनि पक्राउ गरिसकेको छ ।

गत चैत २५ गते राति मोरङको बिराटनगरमा भएको गोली प्रहारको घटना अनुसन्धानका क्रममा प्रहरीले श्रीनिवासाचार्यलाई काठमाडौँको विमानस्थल आसपासको क्षेत्रबाट पक्राउ गरेको थियो ।
उनकै योजनामा गोली हान्ने र पेस्तोल उपलब्ध गराउने दुई युवालाई पनि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार सार्वजनिक गरेको थियो ।

मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।

श्रीनिवासाचार्यमाथि उनकै योजनामा चितवनको भरतपुर महानगरपालिका–४ बेलचोक बस्ने २९ वर्षीय माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेका थिए । यो कुरा चौधरीले मोरङ प्रहरीसँगको बयान र सोमबार भएको पत्रकार सम्मेलनमा पनि स्विकारेका थिए ।

त्यसैगरी गोली हान्न प्रयोग गरिएको पेस्तोल भने श्रीनिवासाचार्यका विश्वासपात्र नवलपरासीको गैँडाकोट–५ बस्ने ३२ वर्षीय खान र सन्तोष भनिने लक्ष्मीराज अधिकारीले उपलब्ध गराएको पनि खुलेको छ ।

‘मलाई गुरु श्रीनिवासाचार्यले गोली हान्न सिकाइ धर्म र देशका लागि केही गर्नुपर्छ भनी उनले नै उक्साई गोलीसहितको पेस्तोल दिई हातैमा हान्न लगाएका हुन्’, प्रहरीलाई दिएको बयानमा चौधरीले भनेका थिए ।

त्यसैगरी अधिकारीले पनि प्रहरीसँगको बयानमा आफैँले पेस्तोल उपलब्ध गराएको बताएका थिए । उनले पत्रकार सम्मेलनमा पनि सोही कुरा दोहोर्‍याए । ‘मैले नै घरमा राखिएको गोलीसहितको पेस्तोल गुरु श्रीनिवासाचार्यले भनेपछि पठाएको हुँ’, उनले प्रहरीसँगको बयान र पत्रकार सम्मेलनमा भनेका थिए ।

केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान गुरु श्रीनिवासाचार्यले प्रहरीलाई दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए । ‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्मगुरुहरुलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ’, श्रीनिवासाचार्यको बयानबारे एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger