यो भिडियो हेर्नुहोस रवि सर को सीधा कुरा ३३ किलो सुन काण्डमा प्रकरणले नयाँ मोड लिएको छ । गृह मन्त्रालयले बनाएको समितिले हालसम्म गरेका कामलाई अपजस दिन खोजेको होइन तर भुरा माछाहरु मात्र समातेर ३३ किलो होइन ३८ क्वीन्टल सुन भित्र्याउने गिरोहले ऐया पनि भन्दैन हेर्दै जानु यो पत्रिकाको प्रकाशक केंद्र ताथा टिआइए भन्सार प्रहरी व्यापारी तस्कर गुण्डा र राजीतिज्ञहरुको मिलेमतो विना यति धेरै सुन कसरी भित्रिन्छ,,, ? पक्राउ परेका होइनन आत्म समर्पण गरेका गोरेले ज्यानको सुरक्षा यस कारण पनि मागेका हुन् कि यो गिरोहमा यस्ता मानिस पनि छन जसले आफ्नो पोल नखुलोस भन्नका लागि जसलाई जे पनि गरिदिन सक्छन तर यसको अर्थ बुझनु भयो होल/
थाहा छैन गृह मन्त्रालयका सहसचिवस्तरको नेतृत्वले कुन लेवलसम्मको पर्दाफास गर्ने आँट गर्छन् तर गोरेको हाउभाउ र बडिल्याङ्ग्युजले स्पष्ट बताइरहेको छ कि यसमा धेरै ठुला मानिसको हात छ । सारा दुनियाँ गोरे गोरे भनिरहेको बेला दुवईमा होटल खोलेर बसेका रेष्टुरेण्ट खालेर बसेका र ४*५ बर्षमा नै धनाढ्य भएका यि गोराका साथी भनौदा मोराहरु तिर चाँही खोइ ध्यान दिएको हो या होइन सुन्नुहोस दुवईमा त्यति धेरै पैसा पनि फल्दैन कि ४ x५ बर्षमा मानिस करोडपति बनोस् एन आरएन कै छत्र छाँयामा बसेका गोराका केही अन्य मोराहरु डरले यति पिसाब फेर्दैछन कि अति भएर डाइपर नै लगाउन थालेका छन।
अब छिट्टै छानविनको एउटा टोली दुवईमा पुग्नै पर्छ। यता भने छानविनमा प्रहरी मात्र होइन धेरै फुलिसहरु पनि त तानिनु पर्ला नि हैन त तर वर्षैदेखि चलेको धन्दामा यदि फ्याट् लाएर गोरेले कुनै पुराना एयरपोर्ट जीएमको नाम भनिदिए भने पुराना कुनै प्रहरी प्रमुखकै नाम भनिदिए भने पुराना कुनै इमिग्रेसन प्रमुख अथवा भन्सार प्रमुखको नाम भनिदिए भने चन्दा दिएर धन्दा लुकाउने टप व्यापारीको नाम लिइदिए भने अथवा फ्याट कुनै पुराना गृह मन्त्रीकै नाम लिइदिए भने के सहसचिव ज्युको समितिले त्यो बयान सार्वजनीक गर्ने आँट गर्छ कि गर्दैन
Post a Comment