Latest Updates :

पैसा कमाउन बिरानो देश गएका राजु उतै अस्ताए !

SHARE THIS POST :
जापानमा एक नेपाली युवाको सुतिरहेको अवस्थामा निधन भएको छ। शुक्रबार राति सुतिरहेको अवस्थामा पोखरा लेखनाथ महानगरपालिका स्थायी घर भइ चितवनमा बस्दै आएका राजु

केसीको जापानमा सुतिरहेको अवस्थामा निधन भएको हो। उनी जापानको हिराताकी कम्पनी लिमिटेडमा कार्यरत थिए। राति साथीहरुसँगै सतेका केसीको मे ४ तारिकमा निधन भएको पारिवारित

स्रोतले जनाएको छ। राति सँगै सुतेको साथी विहान नउठेपछि साथीहरुले उठाउने प्रयास गरेका थिए। तर, उनी नउठेपछि प्रहरीलाई खबर गरी अस्पता पुर्याएको थियो। अस्पताल पुर्याएपछि उनलाई डक्टरले मृत घोषित गरेका थिए।

सन् २०१४ मा जापान प्रवेश गरेका केसी टोकियो युनिभर्सिटी अफ सोसियल वेलफेर जापानीज स्कुलमा २ वर्ष अध्ययन सकी सनसाईन सेन्मोन गाक्कोउमा २ वर्षे अध्ययन पश्चात कम्पनीमा काम सुरु गरेका थिए ।

केसी केहि महिना अघि विवाह गरि जापान फर्किएका थिए । एनआरएनए कान्तो क्षेत्रीय समितिका संयोजक नविन निउरे सो घटना बारे बुझ्न घटना स्थल पुगेका थिए ।परिवारका सदस्यले केसीको शव चाँडो भन्दा चाँडो नेपाल फर्काउन सहयोग गरिदिन जापानस्थित नेपाली दूतावास र एनआरएनलाई अनुरोध गरेका छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger