Latest Updates :

हजुर’बालाई गाडीको सिटबाट उठाएर बस्ने ती युवती

SHARE THIS POST :
रुपा सुनार

‘खोइ तपाइ उठिदिनुस न यो त महिला सिट होनी पुरुष भएर नि कहाँँ महिला सिटमा बसेको ?’

यसो भन्दै २०÷२२ वर्षकी एक युवतीले बृद्ध हजुरबालाई सिट बाट उठाएको दृश्य आज चाँही देख्न नपरोस भगवान भन्दै बस चढेकी हुन्छु तरपनि प्रत्येकदिन सोही दृश्य देखिन्छ । अनि मनले भन्छ कठै तिम्रो महिला अधिकार ।

मलाइ अचम्म लाग्छ दिदिबहिनीहरुले यो कस्तो अधिकारको प्रयोग गरिरहनु भएको होला लौरी टेक्दै बस चढेका ति बुढा हजुरबालाई उठाएर आफु आनन्द संग सिटमा बस्दै महिला अधिकारको प्रयोग गर्न कसरी मनले मानेको होला ? मलाई अचेल डर लाग्न थालेको छ यसरी अवस्था नबुझी अधिकारको प्रयोग गर्दा थोरै बाँकी भएको मानवता पनि हराउदै जाने पो होकी ।

उठीरहेको हजुरबा देखे बस्नको लागि सिट छाड्नु पर्ने ठाँउमा बसिरहेको बृद्धलाई उठाएर आफु बस्ने युवतीलाई तपाइ कस्तो नामले चिन्नुुहुन्छ भनेर प्रश्न गर्ने हो भने सबैको एउटै जवाफ आउछ होला मानवता नभएकी युवती भनेर ।

मैले यति लेखिरहँदा पाठकहरुले यो नबुझिदिनु होला कि बसमा यात्रा गर्ने सबै युवतीहरुले गलत तरिकाबाट
महिला सिटको प्रयोग गरिहरेका छन् । मैले धेरै पटक ति असल दिदी बहिनीहरुपनि देखेको छु जसले आफु उठेर बृद्धहरुलाई सिट छोडिदिएका हुन्छन् ।

हो हाम्रो देशमा महिलाका हकहितका निम्ती थुप्रै अधिकारहरु प्रदान गरिएको छ । तर सबै अधिकारहरु सहि तरिकाबाट प्रयोग भएको पाइदैन । अधिकार प्रयोग गर्ने निहुँमा यँहा मानवता हराउदै र विकृति फैलिएदै गएको छ । र महिलाहरुको स्तर उन्नतिका निम्ती बनाइएका अधिकारहरु मध्ये केही अधिकार यस्ता छन् जस्ले महिलाहरु पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने सन्देश दिन्छ ।

जस्तै ः–बस तथा माइक्रोहरुमा महिलाको लागि भनेर छुट्टाएको महिला सिटले पनि महिलाहरु पुरुषको तुलनामा कमजोर हुन्छन् भन्ने बुझाउँछ । तर्सथ हामीले अधिकार प्रयोग गरिरहँदा हामी कहाँनिर हामी कमजोर ठहरिन्छौ र कहाँ निर मानवता हराएर विकृती फैलिदै आएको छ भनेर सोच्ने बेला आएको छ ।

आज मैले महिला सिटको विषयमा यति लेखिरहँदा धेरैले भन्नुहुन्छ होला के पुरुष भन्दा कमजोर ठहरिन्छौ भनेर अब महिलाहरुले महिला सिटको उपयोग नै नगर्ने त ? होइन महिला सिटको उपयोग गनुपर्छ तर अवस्था बुझेर कुनै गर्भवती महिला, स–साना बच्चा लिएर बस चढेका महिला साथै बृद्ध महिला साथै विरामी भएका महिलाहरुले सिटमो उपयोग गर्ने गर्नुपर्छ साथै सबै सटि प्याक भएको अवस्थामा पुरुषहरुले पनि गर्भवती तथा अशक्त महिलाहरु सित दिएर आफ्नो मानाव धर्म निभाउनु पर्छ ।

तपाइहरुलाई के लाग्छ कुन्नी हजुरबालाई उठाएर महिला सिटको प्रयोग गर्न मेरो मनले कहिल्यै मानेन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger