Latest Updates :

५५ लाख सम्पत्ति बढी भयो भन्दै लालबाबु पण्डितको विरोध गर्नेहरुलाई पण्डितकी श्रीमतीले आक्रोश पोख्दै दिइन यस्तो

SHARE THIS POST :

काठमाडौं । केपी ओली र उनका मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजानिक भएपछि त्यसबारे विभिन्न थरी टिकाटीप्पणी भइरहेको छ । यस्तोमा अरु भन्दा सदाचारी र इमान्दार मन्त्रीका रुपमा चिनिएका लालबाबु पण्डितको सार्वजनिक सम्पत्ति विवरणबारे विभिन्न प्रतिक्रिया सार्वजनिक भएका छन् ।

पण्डितको सम्पत्ति विवरणमा धैरै अलोचना भएपछि मन्त्री पण्डितकी श्रीमती बिमला महत पण्डितले मुख खोलेकी छन् ।बिमलाले एक युट्यब च्यानललाई अन्तवार्ता दिर्दै आफुहरुको बारेमा कुरा नबुझेर हल्ला गरेको बताइन । बिमलाले भनेकी छन्–एकपटक मन्त्री भएकाहरुले अर्बौ–खर्बौ रुपैयाँ जम्मा गरेका छन्, दुई चारवटा महल बनाएका छन् ।

तर, ४ पटक सभासद र दुइपटक मन्त्री हुँदा पनि आफुहरुले अहिलेसम्म करोडको सम्पत्ति पनि जोडेका छैनौं । कोठामा बसेर, दुखमा बसेर बचाएको सम्पत्ति देखाएको हो ।’ अहिलेसम्म आफुहरुसँग न घर न गाडी रहेको भन्दै बिमलाले आफुहरुको भएको सबै सम्पत्ति नलुकाइकन देखाएको बताइन । भिडियोमा हेर्नुस :
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger