Latest Updates :

३३ किलो सुन काण्ड बारे थप नयाँ रहस्य गोरे र चेतन मामा भान्जा, बाजेको सेकुवामा बोरामै आउथ्यो सुन र पैसा

SHARE THIS POST :
काठमाडौँ ५ जेठ । लामो समयदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरणबारे थप नयाँ रहस्य खुलेको छ ।

सुन काण्डमा गोल्ड डन गोरे भनिने चुडामणि उप्रेती र बाजेको सेकुवा रेष्टुरेष्टका सञ्चालक चेतन भण्डारी नातामा मामा भान्जाको पारिवारिक सम्बन्ध रहेको पुष्टि बिगत मै भएपनि बाजेको सेकुवालाई सेल्टर बनाएर लामो समयसम्म गोरे समुहले सुन तस्करी गरेको रहस्य पत्ता लागेको छ ।

बिशेष गरी दुबईबाट ठुलो परिमाणमा सुन तस्करी गर्ने चुडामणि उप्रेती र बाजेको सेकुवा रेष्टुरेष्टका सञ्चालक चेतन भण्डारीले संयुक्त लगानीमा दुबईमा समेत रेष्टुरेन्ट चलाईरहेको बुझिएको छ ।

रेष्टुरेन्टकै बहानामा पटकपटक गरी बाजेको सेकुवा रेष्टुरेष्टका सञ्चालक चेतन भण्डारी पनि दुबई जाने फर्किने क्रममा ठुलो परिमाणको सुन समेत आफै भित्राउने गरेको खुल्न आएको छ ।

स्रोतका अनुसार भण्डारी पटक पटक दुबई गई ल्याएको सुन नयाँ बानेश्वरमा रहेको सेकुवा कर्नरको टप फ्लोरको फ्यालटबाट पनि लामो समय सेल्टरका रुपमा प्रयोग हुन्थ्यो ।”

बाजेकै सेकुवा कर्नरमा काम गर्ने एक जना कर्मचारी नाम उल्लेख नगर्ने सर्तमा भन्छन्,सुन मात्र होइन बोरामा प्याक गरेर पैसा पनि यहाँ आउथ्यो त्यसलाई यहिबाट गोप्प रुपमा विभिन्न ठाउँमा पुर्याइथ्यो ।

उनले अगाडी फेरि भन्छन्, गोरे यहाँ आएपछि यहाँ रक्सीको खोलो नै बग्थ्यो अनि अत्त्यमा दरबार मार्ग तथा ठमेलका डिस्को तथा बारहरुमा रिर्जब नै गर्थे ।

साथै आफ्नो फेन्जाई गरेको विभिन्न ठाउँमा रेष्टुरेन्टहरुलाई समेत सेल्टर केन्द्र बनाउदै सुन तस्करी हुने गरेको स्रोतले जानकारी दियो ।

३३ किलो सुन काण्ड बारे गृह मन्त्रालयद्धारा गठित छानवीन समितिले यतिबेला छानविन गरीरहेको छ । भण्डारी तस्करीमा संलग्न उप्रेतीलाई तस्करीका लागि लगानी गरेको अनुसन्धाबाट खुलेको बताइएको छ ।

सुन तस्करीमा लगानी गरेकै आशंकामा प्रहरीले बाजेको सेकुवा रेष्टुरेष्टका सञ्चालक चेतन भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger