Latest Updates :

बालिका ढलिन् हेर्दाहेर्दै बसले दोहोराएर कुल्चियो, बालिकाको यसरी गयो प्राण !

SHARE THIS POST :
लुम्बिनी । चालकले मादक पदार्थ सेवन गरेर अत्यन्तै लापर्वाहीका साथ सवारीसाधन चलाएका कारण सडकपेटीबाट हिडिरहेकी एक स्कूले बालिकालाई बसले किच्दा मृत्यू भएको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुले दिएको जानकारी अनुसार रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ७ पिपरहवास्थित ब्राईटदिक्षा बोर्डिङ्ग स्कूलको लु. १ ख. ५१९९ नम्बरको बसले आज बिहान नौ बजे किच्दा सोही ठाउँ बस्ने सिद्धार्थ एकेडेमी नर्सरीमा अध्यनरत अन्दाजी पाँच बर्षीया अन्जनी लोधको घटना स्थलमा मृत्यु भएको हो ।

घटनास्थलमा प्रहरी दुई घण्टा ढिलो पुग्दा बसको ठक्करबाट गम्भीर घाईते बालिका माथि बस पुनः चढाई किचेर ज्यान मारेको आरोपमा आक्रोशित पीडित पक्षले सो बसमा आगजनी समेत गरेको स्थानीय सुरेन्द्र केवटले जानकारी गराए ।

यद्यपि ट्राफिक प्रहरी पोष्ट लुम्बिनीका ईन्चार्ज नारायण भण्डारीले घटना थाहा पाउने बित्तिकै लुम्बिनी साँस्कृतिक नगरपालिकाको दमकल सहित घटना स्थलमा पुगि जलिरहेको बसको आगो निभाउनुका साथै बसचालक गैडहवा गाउँ पालिका ७ बस्ने ३५ बर्षीय भीम बहादुर खत्री क्षेत्रीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लुम्बिनीमा बुझाएको बताए ।

बस चालक खत्री क्षेत्रीलाई प्रहरी नियन्त्रणमा राखी मृतक बालिकाको शव भीमअस्पताल भैरहवामा पोष्टमार्टम गराई प्रारम्भिक अनुसन्धान अघि बढाईएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक पुरुषोत्तम रावतक्षेत्रीले बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger