बारामा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । चुरीयामाइमा बुधबार बिहान २ बजे भएको सो दुर्घटनामा शिक्षक र विद्यार्थी गरी ४० जना घाइते भएका प्रहरीले जनाएका छन ।४० जना घाईते मध्ये एक जनाको काठमाडौं, ६ जनाको भरतपुर र अन्य ३३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जानकारी आएको छ ।
झापाबाट विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बस रहेका विद्यार्थी लगायत शिक्षक घाइते भएको जानकारी दिएका छन ।नेल्टा झापाको एक्सेस कार्यक्रम अन्तर्गत पोखरामा हुने एक्सेस कार्यक्रममा सहभागी विद्यार्थी र शिक्षक त्यस तर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
Post a Comment