Latest Updates :

आमाको मुख हेर्ने दिन हरिवंश पुत्र मोहितवंश आचार्यले फेसबुकमा सेयर गरे दुवै आमाको तस्बिर

SHARE THIS POST :
काठमाडौं, ३ वैशाख । आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक सन्तानले आज आफ्नी आमालाई गच्छेअनुसारको मिठा मिठा खानेकुरा खुवाउने गर्छन् । आमा नहुनेले काठमाडौंको मातातीर्थमा गएर श्राद्ध र दानदक्षिणा दिने गर्छन् ।

आमाको मुख हेर्ने दिन भएकाले सोमबार सामाजिक सञ्जाल फेसबुक र ट्विटर प्रयोगकर्ताले आफ्नी आमाको तस्बिर राखेर शुभकामना दिएका छन् । आमालाई सम्झिएका छन् ।



कलाकार हरिवंश आचार्यका कान्छा छोरा मोहितवंश आचार्यले आफ्नी दुईवटै आमाको तस्बिर पोस्ट गरेका छन् । उनले आफूलाई जन्म दिने आमा मिरा आचार्य र सौतेनी आमा रमिला पाठकसँगै बसेको तस्बिर पोस्ट गरेका छन् । उनले दुवै आमाको तस्बिर राखेर ‘ह्याप्पी मदर्स डे’ लेखेका छन् ।

मोहितवंशकी आमा मिराको केही अघि मुटुरोगका कारण निधन भएको थियो । मिराको निधनपछि हरिवंशले रमिलालाई बिहे गरेका हुन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger