Latest Updates :

आयो खुसीको खबर मन्त्री बिना मगरले बोलेको कुरा पुरा भयो

SHARE THIS POST :
मेलम्ची सुरुङको काम सकियो (भिडियो)
सिन्धुपाल्चोक-अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मंगलबार ‘ब्रेक थ्रु’ भएको छ।मुहानस्थल हेलम्बु अम्बाथानदेखि सुन्दरीजल जोड्ने साढे २७ किलोमिटर सुरुङमार्ग दिउँसो २ बजेर २५ मिनेटमा अम्बाथान- सुन्दरीजल जोडिएको हो। आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले प्राविधिक रुपले मेलम्ची सुरुङ सुन्दरीजलमा जोडिएको बताए। ‘अम्बाथान–सुन्दरीजल सुरुङमार्गले जोडियो,’ उनले नागरिकसँग भने, ‘साउन सुरुमा मेलम्ची पानी सुन्दरीजल खसाल्छौँ।’

आयोजनाले औपचारिक रुपमा सुरुङ ब्रेक थ्रु भएको घोषणा भने बिहीबार गर्दै छ। यसका निम्ति आयोजनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेलम्ची बोलाएको छ। ७.७ किमि लामो सिन्धु–अम्बाथान खण्ड ब्रेक थ्रु भएपछि अम्बाथान–सुन्दरीजल सुरुङमार्गले छिचोलिएको हो। सुरुङका तीनमध्ये दुई खण्ड यसअघि नै ब्रेक थ्रु भइसकेका थिए।

चार वर्षमा सक्ने गरी निर्माण थालिएको सुरुङ सात वर्षमा छेडिएको हो । उपकार्यकारी निर्देशक थापाले ब्रेक थु्र भएको सुरुङ ढलान गर्ने, फाइलन फिनिसिङ गर्ने र हाइड्रो मेकानिकल (अडिटमार्ग) थुन्ने काममा केन्द्रीकृत हुने बताए। ‘तीन महिना (असार) भित्र यी काम सक्छौँ,’ उनले भने, ‘असार अन्तिम या साउन पहिलो साता सुन्दरीजलमा पानी झार्ने लक्ष्य छ।’

यसअघि ब्रेक थ्रु भएका खण्डमा ढलान र फाइलन फिनिसिङ गर्ने काम भइरहेको छ । अम्बाथानबाट ग्याल्थुमतिर र सिन्धुबाट सुन्दरीजलतिर साढे तीन किमि सुरुङ ढलान र फाइलन फिनिसिङ भइसकेको आयोजनाले जनाएको छ।
मुहानस्थल अम्बाथान (इन्टेक) मा स्थायी च्यानल (ड्राइभर्सन) बनाउन समय लाग्ने भएकाले तत्काललाई अस्थायी प्रकृतिको ‘कफर्ड डयाम’ बनाएर पानी सुरुङमा प्रवेश गराउने उपकार्यकारी निर्देशक थापाले जानकारी दिए। यसका लागि आयोजनाले ६० मिटर लामो डिआइ पाइप मुहानस्थलमा पुर्याइ सकेको छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्याका आपूर्ति गर्ने उद्देश्यले सन् २००७ मा सम्पन्न गर्ने गरी सन् २००१ बाट आयोजनाको काम थालिएको थियो । सात वर्षमा सक्ने लक्ष्य लिइएको आयोजना १८ वर्षमा पूरा हुन लागेको हो
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger