Latest Updates :

भर्खरै जन्ती बोकेको जीप दुर्घटना ! पूरा हेर्नुहोस

SHARE THIS POST :
डडेल्धुरा : डडेल्धुरा नवदुर्गा गाउँपालिका-१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

जन्ती बोकेको गाडी केआईसिहं राजमार्गको रडुवाखोला नजिक दुर्घटना हुँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।

ब्रेकफेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ब्रेकफेल हुँदा उक्त गाडी सडकमै पल्टिएको जन्ती गएकाले बताएका छन्। घाइतेको उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा भइरहेको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए।घाइतेको अवस्था सामान्य रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger