Latest Updates :

अमेरीका र रुसको बर्बरता : एयरपोर्टमा मिसाइल आक्रमण, हज्जारौको मृत्यु भएको हुनसक्ने

SHARE THIS POST :
काठमाडौं । युद्धग्रस्त सिरियाको एक सैन्य विमानस्थलमा मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको छ । सिरियाको होम्स शहरमा रहेको टी ४ एयरवेसनजिकै विस्फोटका ठूला आवाजहरु सुनिएको र त्यहाँ मिसिाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले समाचार लेखेको छ । स्थानीय सन्चार माध्यमहरुका अनुसार धेरै व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ ।

सिरियाको बिद्रोही नियन्त्रित क्षेत्र डौमामा भएको मिसाइल आक्रमणको विश्वमै निन्दा भइरहेका बेला केही समयअघि सक्रिय पारिएको सैन्य विमानस्थलमा पनि मिसाइल आक्रमण भएको रिपोर्ट बाहिर आएको हो । ‘टेफर विमानस्थलमा धेरै मिसाइल आक्रमण भएको छ’, सिरियाको सरकारी समाचार संस्थाले लेखेको छ । यद्यपि, यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । अमेरिकी उच्च अधिकारीहरुले रिपोर्टमा सत्यता नरहेको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पछिल्ला घटनाहरुमा प्रतिक्रिया जनाउँदै सिरियाका राष्ट्रपति बसर अल आसादलाई ‘जनावर’ को संज्ञा दिएका छन् । उनले एक ट्वीट गर्दै आसादलाई सघाउने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरान यसमा जिम्मेवार रहेको बताएका छन् । उनले यसको कडा मूल्य चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger