Latest Updates :

तेह्रथुममा युवकको हत्या गर्ने निरमायालाई जन्मकैदको फैसला ! -मृत आत्माले शान्ति पाओस….

SHARE THIS POST :
तेह्रथुम / छुरा प्रहार गरी युवकको हत्या गर्ने लालीगुराँस नगरपालिका–८, सोल्माकी ३५ वर्षीय निरु भनिने नरमाया लिम्बुलाई जिल्ला अदालत तेह्रथुमले सर्वस्व सहित जन्मकैदको फैसला गरेको छ । लिम्बुलाई गत भदौ २८ गते राति छिमेकी २१ वर्षे अनिल भुजेलको हत्या गरेको

आरोपमा असोज २ गते प्रहरीले पक्राउ गरेको थियो । लिम्बुलाई जिल्ला न्यायधिश नारायणप्रसाद पराजुलीको एकल इजलासले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको हो । कक्षा १२ मा पढ्दै गरेका भुजेल गत भदौ २८ गते साँझ निरुको रक्सी पसलमा गएका थिए ।

सोही राति करिब ९ बजे लिम्बुले भुजेलले आत्महत्या गरेको भन्दै गाउँका अन्य छिमेकी र भुजेलको परिवारलाई खबर गरेकी थिइन् । लिम्बु विरुद्ध अनिलका बुवा रुद्रबहादुर भुजेलले असोज २ गते जिल्ला प्रहरी कार्यालय तेह्रथुममा उजुरी दिनुभएको थियो ।

अभियुक्त लिम्बुका श्रीमान् रोजगारीका लागि परदेशमा रहेका छन् । उनको एउटा छोरो रहेको छ । श्रीमान् विदेशमा भएका बेला भुजेलसँग पटक–पटक यौन सम्पर्क भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger