यो घरमा पाँच बेडरुम, तीन बाथरुम, एउटा स्विमिङ पुल, थिएटर, बार र अण्डरग्राउण्ड ग्यारेज पनि छ । ग्यारेजमा ४ कार पार्क गर्न सकिन्छ । यो घरको मूल्य झण्डै ५५ करोड रुपैयाँ भएको बताइएको छ । गत महिना मात्रै शेन वार्नले आफ्नो सुविधासम्पन्न मेलबर्न मेन्सन झण्डै २०० करोडमा बेचेका थिए ।
शेन वार्न संसारभर घुमिरहन्छन् । यही कारण उनले ठूलो घर बेचेर सानो घर किनेको अनुमान गरिएको छ । घरको किनबेच गर्ने एजेन्सीका अनुसार शेन वार्न धेरै समय देशबाहिर रहन्छन् । यसकारण पुरानो घर उनका लागि निकै ठूलो थियो । अहिले किनेको घरमा पनि उनले चाहने सबै सुविधा छन् ।
Post a Comment