Latest Updates :

औधी यौनइच्छा भएका श्रीमान् र अनिच्छा देखाउने श्रीमतीलाई चिकित्सकले दिए यस्तो महत्वपूर्ण सुझाव

SHARE THIS POST :
मेरो विवाह भएको नौ वर्ष भयो । हामी दुवै जना २९ वर्ष पुग्यौं । हाम्रो आठ वर्षको छोरा पनि छ । आजको मितिसम्म आइपुग्दा मेरी श्रीमतीलाई पहिलेको तुलनामा कम उत्तेजना हुन्छ भने मलाई बढी । मलाई हप्तामा तीन पटक सेक्स गर्नुपर्छ, तर उनी भने यसमा त्यति इच्छा देखाउँदिनन् । यसले गर्दा म आफ्नो यौन चाहना पूरा गर्न हस्तमैथुन गर्छु, तर यो कार्य मेरी श्रीमतीलाई मन पर्दैन । यस्तो अवस्थामा मैले के गर्नुपर्ला ? ५५७९

यौनेच्छामा कमी

सबै व्यक्तिमा एकैनासको यौनेच्छा हुँदैन, कसैमा बढी हुन्छ भने कसैमा कम । त्यसैगरी कुनै व्यक्तिको व्यक्तिगत जीवनमा पनि सधैं एकनासको यौनेच्छा हुँदैन । यसै गरी कतिपयलाई यौनसम्पर्क राख्न मन नलाग्ने स्थिति हुन सक्छ अर्थात् कम यौनइच्छा (hypoactive sexual desire) को स्थिति हुन सक्छ । यस्तो स्थितीमा यौनसम्पर्क राख्ने चाहना, यौन परिकल्पना तथा यौन क्रियाकलाप महिनाको दुई पटकभन्दा कम भएको अवस्थालाई जनाउँछ, तर यसो भन्दैमा महिनामा एकपल्ट मात्र यौनसम्पर्क राख्ने जोडीलाई यो समस्याबाट पीडित भनिहाल्न मिल्दैन, यदि दुवै जना त्यसमा सन्तुष्ट छन् भने । त्यसैले कतिपय यौन विशेषज्ञले यौनइच्छा कम भएको भनेर त्यति बेलासम्म भन्दैनन् जबसम्म यी कुराले उक्त जोडीलाई यसका कारणले समस्यामा पारेको हुँदैन वा व्यवहारमा कुनै खास परिवर्तन देखिएका हुँदैनन् ।

श्रीमतीमा यौन चाहना नै कम भएको हुन सक्ने बाहेक अन्य कारणहरू पनि हुन सक्छन् । त्यसबाहेक तपाईंकी श्रीमतीले यौन क्रियाकलापमा संलग्न हुन नरुचाउनुका अनेक कारण हुन सक्छन् । पाठेघर वा त्यसको वरिपरी संक्रमण भै यौनसम्पर्क पीडादायक हुँदा महिलाहरू यौनसम्पर्क गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव देखा पर्न सक्छ । त्यसैगरी यसको मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाटै भए पनि यौन दुव्र्यव्यवहारजस्ता दु:खद् वा आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रुपमा लाग्नवाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आइपर्ने तनाव जस्तै चिन्ता, निराशा, थकान, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका अन्य कारण हुन सक्छन् ।

यो कुरा तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासंग पनि सम्बन्धित हुन सक्छ । उमेर अनुरुप पनि यौनेच्छाको तीव्रतामा परिवर्तन आउँछन् । भर्खरै विवाह गरेको बेलाजस्तो त हुँदैन पनि । तपाईंहरू अहिले नै यौनेच्छा कम हुने उमेरमा पुगिसक्नुभएजस्तो लाग्दैन । आशा गर्छु, तपार्इंकी श्रीमतीको महिनावारी नियमित रूपमै भैरहेको छ । यी सबै कुराको सूक्ष्म अवलोकन तपाईं स्वयंले गर्न सक्नुहुन्छ ।

असमान यौनेच्छा त होइन ?

दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनु अर्थात् अनमेल वा असमान यौनेच्छा (mismatched libido) ले वैवाहिक तथा यौन जीवनमा अनेकन् असजिलो सिर्जना गर्छ । धेरैजसो स्थितिमा यस्तो अनमेलताको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिइएको पाइन्छ । दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रुपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ । यी कुरा के–कस्ता कुराले व्यक्तिलाई उत्तेजित पार्छ, यौनसम्पर्क कत्तिको सुखदायक हुने गरेको छ देखि यौनबाहिरका अन्य सम्बन्धको सुमधुरता कस्तो छ भन्नेसम्ममा आधारित हुन सक्छन् । यस्तो स्थितिमा कसैले यौनसम्पर्क नै राख्न नमान्ने हुन्छ भने कसैले यौनसम्पर्क राखे पनि त्यसमा कुनै उत्साह भने देखाउँदैनन् ।

तपाईंकी श्रीमतीमा यौन चाहना कम भएको हो र उहाँ यौन क्रियाकलापमै संलग्न हुन नरुचाउनु भएको हो भने पर्याप्त मात्रामा यौन चाहना नहुने, यौन उत्तेजना नै सुरु नहुने वा यौनसन्तुष्टि प्राप्त गर्न बाधा सिर्जना गर्ने कुनै पनि कुराका शारीरिक, मानसिक वा दुवै कारण हुन सक्छन् । पाठेघर वा वरिपरी संक्रमण भै यौनसम्पर्क नै पीडादायक हुने भएकाले कतिपय महिलाहरू यौनसम्पर्क नै गर्न मान्दैनन् । केही दीर्घरोगमा पनि यस्तो प्रभाव पर्न सक्छ । त्यसै गरी यसका मानसिक कारणहरूमा यौनप्रतिको गलत मानसिकता, आफैंभित्रका मानसिक विरोधाभास, श्रीमान्बाट नै भए पनि यौन दुव्र्यव्यवहार जस्ता निकै दु:खद् वा आघातपूर्ण पूर्व यौन अनुभूतिजस्ता कुराले यौन क्रियाकलापमा सहज रूपमा लाग्नवाट रोक्न सक्छ । त्यसबाहेक दैनिक जीवनमा आईपर्ने तनावहरू जस्तै चिन्ता, निराशा, थकाइ, अन्तरव्यक्ति सम्बन्धको चिसोपन तथा दम्पतीबीचको तनाव आदि यसका कारण हुन सक्छन् । यो तपाईंको पारिवारिक जीवनका अन्य कतिपय कुरासँग पनि सम्बन्धित हुन सक्छ । तपाईंकी श्रीमतीले कतै कुनै औषधी त सेवन गरिरहनुभएको छैन, विचार गर्नुहोला । साप्ताहिकले छापेको छ ।

समाधान

कुनै स्पष्ट शारिरीक वा मानसिक कारण भए त्यसको निदान गरी त्यसै अनुरूपको समाधानका लागि प्रयत्न गरिनुपर्छ । कुनै शारीरिक कारण भए त्यसका लागि स्त्रीरोग विशेषज्ञसँग सरसल्लाह गर्नु उपयुक्त हुन्छ । तपाईंलाई थाहा हुनुपर्छ कि यौनसम्बन्धी चाहना, आवश्यकता अनि यौनेच्छा वा यौन व्यग्रता व्यक्ति अनुसार फरक–फरक हुन्छ । केही असमानता भए पनि वैवाहिक जीवनमा बाँधिएपछि त्यसैअनुरूप श्रीमान् तथा श्रीमती दुवैले आफ्नो यौन जीवनलाई ढाल्नुपर्छ, अनावश्यक रूपमा आफैलाई दोष दिँदैमा समस्या समाधान हुँदैन । विवाह बन्धनमा बाँधिएपछि त्यसलाई सुमधुर बनाउनु दुवैको उत्तिकै दायित्व हो, पारिवारिक सन्दर्भमा होस् वा यौनसम्बन्धी कुरामा । तपाई र तपाईंकी श्रीमतीलाई नै सम्पूर्ण परिस्थितिका बारेमा सबैभन्दा बढी जानकारी हुने भएकाले त्यसको विश्लेषण गरेर समाधानको बाटो पहिल्याउनुहोस् । एक–अर्काको अपेक्षा अनि क्षमताका बारेमा समझदारी कायम गर्न पर्याप्त कुराकानी पनि गर्नुपर्छ ।

कतिपय भने विवाहपछि पुरुषले हस्तमैथुन गर्दैनन् वा गर्नु हुँदैन भन्ने सोचका कारण पनि ग्लानिको सिकार हुन्छन् । सामान्यत: विवाहित व्यक्तिमा हस्तमैथुन गर्ने कार्यमा केही कमी आए पनि उसले हस्तमैथुन गर्छ र यो सामान्य कुरा हो । म तपाईंले हस्तमैथुन गरेको कुरालाई सकारात्मक रूपमै लिन्छु । यौनेच्छा पूरा गर्न श्रीमतीलाई जबरजस्ती गर्नुभन्दा यो तुलना नै गर्न नसकिने किसिमले राम्रो कुरा हो । बरु तपाईंले आफुले हस्तमैथुन गर्दा त्यसमा श्रीमतीसमेत संलग्न गराउनु उचित हुन्छ, उहाँले पनि तपाईंको चरमसुखमा योगदान गरेको अनुभव गर्नुहुने भएकाले योनि–लिङ्ग यौनसम्पर्क नहुँदा पनि असहजता उत्पन्न हुन पाउँदैन ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger