Latest Updates :

पोखरामा बिद्युत् पोलमा आगोलागी: रित्तो दमकल पुगेपछि स्थानिय आक्रोशित (भिडियो हेर्नुस्)

SHARE THIS POST :
पोखराको बिरौटामा बिद्युत् पोलमा आगोलागी भएको छ ।

आगो लागेको केहि मिनेटमै स्थानियले दमकललाई खवर गरेतापनि करिब ४५ मिनेट पछि मात्रै पुगेको थियो । ढिला गरि आगो निभाउन पुगेको दमकलमा पानी नभएको थाहा पाएपछी स्थानियहरु आक्रोशित भए । उनिहरुले स्थानिय प्रशासन , महानगर र बिद्युत् कार्यलय प्रति आक्रोश पोखेका छन् ।

दमकलमा पानि नभएको थाहा पाएपछि सडकमा गुडिरहेको कैलाश खानेपानीको ट्यांकरबाट पानी प्रयोग गरेर आगो स्थानियले नियन्त्रणमा लिएका थिए ।

बिरौटाको मुख्य चोकमा भएको आगोलागी नियन्त्रण गर्न सम्बन्धित निकाय गैरजिम्मेवार बनेको आरोप स्थानियले लगाएका छन् । आगोलागीका कारण कुनै ठूलो क्षति हुन पाएन

आगोलागीबाट त्यस क्षेत्रमा बिद्युत् सेवा अवरुद्ध भएको छ । आगो नियन्त्रणमा आएको केहि समय पछि बिद्युत् प्राधिकरणका कर्मचारीहरु घटनास्थल पुगेका थिए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger