Latest Updates :

रेस ३ को सुटिङ गर्न कश्मिर गएका सलमान यस्तो काममा व्यस्त देखिए, बाहिरियो फोटो र भिडियो

SHARE THIS POST :
एजेन्सी। बलिउड सुपरस्टार सलमान खान पछिल्लो समय कश्मिरमा छन् । आफ्नो आउँदै गरेको फिल्म रेस–३ को सुटिङ गर्न भनी कश्मिर पुगेमा सलमा यहाँका प्राकृतिक दृश्यहरुको आनन्द लिँदै घुमिरहेका देखिए । सोनमर्गमा सलमान कडा सुरक्षाका बीचमा जीप चलाइरहेका भेटिएका छन् । जीपमा उनका बडीगार्ड शेरासँगै अन्य २ बन्दुकधारी सुरक्षाकर्मी देखिएका छन् ।

सलमानलाई भेट्न ठूलो संख्यामा उनका फ्यानहरु आएका थिए । फिल्मको एक गीत ‘अल्ला दुहाइ है’का केही दृश्य सुटिङ गर्नको लागि उनी त्यहाँ पुगेका हुन् । उनीसँग फिल्मका निर्माता राजेश तोरानी पनि छन् । सलमान मात्र नभइ फिल्मकी हिरोइन ज्याकलिन फर्नान्डिज पनि जीप चलाइरहेकी देखिइन् । सलमानले जम्मु कश्मीरकी मुख्य मन्त्री मेहबुबा मुफ्तीसँग पनि भेटेका छन् । भिडियो हेर्नुहोस् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger