नेपालका केहि यस्ता कलाकारहरु छन् जसले भारतमा पनि दुख गरेर कलाकारिताको मार्फत नाम कमाएका छन्। भारतको चलचित्र उद्धयोग ठुलो भएका कारण बिना क्षमता उन्नति गर्न गार्है पर्छ। आज हामी ति कलाकारहरुको बारेमा कुरा गर्न गैरहेका छौं ,जो भारतमा समेत प्रसिद्ध रहे।
उदित नारायण झा
नेपाली र भारतीय फिल्म उद्धयोगका प्लेब्याक गायक उडित नारायण झा दुवै देशमा उत्तिकै प्रसिद्ध रहेका छन्। नेपालको सप्तरी जिल्लामा जन्मिएका उनि आफ्नो करियर मैथिली साथै नेपाली संगीतबाट गरेका उनले भारतमा समेत संगीत मार्फत आफुलाई चिनाउन सफल भए। १९८०मा बलिउडमा सांगीतिक करियर सुरु गरेका उनि अहिले पनि संगित क्षत्रमा संलग्न रहेका छन्।
मनिषा कोइराला
सुन्दरता साथै प्रतिभाका धनि मनिष कोइराला भारतीय चलचित्र जगतमा सबैले जान्ने नाम हो। भारतमानै एक्लै बाल्यकाल बिताएकी उनले आफ्नो फिल्मी करियरमा पहिला मोडलिंगबाट आफ्नो करियर शुरु गरेकी उनले नेपालमा पनि “फेरी भेटौंला” चलचित्र मार्फत नेपाली चलचित्र जगतमा डेबिउ गरेकी हुन्। क्यान्सर रोगबाट पिडित भएकी मनिषा अहिले भने स्वस्थ रहेकी छिन्। राजनीतिमा समेत सक्रिय रहने विचार बनाएको उनले विभिन्न अन्तर्वार्तामा बताउने गरेकी छिन्।
सुनिल थापा
नेपाली सिनेमामा प्रख्यात खलनायकको रुपमा प्रसिद्ध सुनिल थापा भारतमा प्रसिद्ध रहेका छन्। कुनै समयमा सबैको रोजाईमा पर्ने सुनिल थापाको नेपाली चलचित्र क्षत्रमा योगदान अमुल्य रहेको छ। नेपालमा उनलाई “राते काइँला” साथै शेर सिंहको रुपमा पनि चिनिने गरिन्छ। बलिउडमा “एक दुजेके लिए” चलचित्रबाट डेबिउ गरेका हुन्। भारतमा छ हिन्दि चलचित्र साथै एक तमिल चलचित्रमा अभिनय गरिसकेका छन्। साठ्ठी वर्ष पर गरिसकेका उनको अभिनयले नेपाली चलचित्रमा छुट्टै ठाउँ बनाइसकेको छ।
मुरली धर
नेपालका परिचित अभिनेता मुरली धर नेपालमा मात्र नभई भारतमा पनि प्रख्यात छन्। एक सच्चा कलाकारको रुपमा बयान हुने उनले नेपाली मात्र नभई भारतीय चलचित्रमा पनि अभिनय साथै गायन समेत गरेका छन्। बलिउडमा विभिन्न भूमिका निभाएका मुरली धर नेपालका मात्र नभई भारतको चलचित्र क्षत्रमा सम्माननीय पत्रको रुपमा रहेका छन्। नेपालमा परिचित गित “उडायो सपना सबै हुरीले” बोलको गित समेत गएका उनि पछिल्लो पटक नेपाली चलचित्र “भैरव”मा निखिल उप्रेतीसंगै देखिएका थिए। नेपाली चलचित्र साथै भारतीय चलचित्र क्षत्रमा उनको योगदानको छुट्टै ठाउँ रहनेमा दुइमत नहोला।
तेरिया मगर
भारतमा मात्र नभई नेपालमा पनि नृत्यबाट परिचित तेरिया मगर नेपालको रुपन्देहीको रुद्रपुरमा जन्मिएकी हुन्। भारतको नृत्य प्रतियोगिता “लिल मास्टर” जितेकी उनले नृत्यको क्षत्रमा नेपालको नाम चिनाउने काम गरेकी छिन। भारतको अर्को नृत्य प्रतियिगिता “झलक दिख ला जा”समेत जितेकी उनले नृत्यमा अझै नाम कमाउनेमा कसैलाई दुइमत नहोला। सानो उमेरमानै यति उपलब्धि हासिल गरिसकेकी उनले भविष्यमा अझै बलिउडमा उचाई पाउन हाम्रो यहि शुभकामना।
Post a Comment