उनको आज मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । कलाकार मदनकृष्णले यशोदा सुबेदीसँग २०३० सालमा अन्तरजातीय विवाह गरेका थिए । यशोदाको अन्तिम संस्कारमा कलाकार, पत्रकार, आफन्त तथा सुभचिन्तकहरु उपस्थित थिए।
पत्नीको निधनपछि भावविह्वल बनेका मदनकृष्णले केही समयअघि फेसबुक पेजमा यशोदाको तस्वीरसहित मर्मस्पर्शी स्टाटस पोस्ट गरेका छन्।
यस्तो छ उनको मर्मस्पर्शी फेसबुक स्टाटस :
सबैले माया मारेर केभो
तिमी छंदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउंदा
आंसु छंदैनि मलाई स्यार गर्ने
Post a Comment