चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते भेटिएको थियो ।मटिहानी नगरपालिका–४ स्थित सडक किनारको खाल्टोमा उनको शव भेटिएको थियो ।
निर्मम तरिकाले कुटपिट गरी हत्या गरेर फालिएको पुनमको शव बोरामा पोको पारेर फालिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।
पुनमको हत्यापछि शिवशंकर फरार रहँदै आएका थिए । प्रहरीले महोत्तरीको धिरापुरमा लुकेर बसको अवस्थामा उनलाई पक्राउ गरेको हो ।अन्नपूर्ण पोस्ट बाट

Post a Comment