यस्तै एउटा घट्नाले अहिले सनसनी मचाएको छ जसमा एउटा छोरोले आफ्ना बुढा बुवाको रोगबाट दिक्क भएर उहाँलाई एउटा रुखको फेदमा बाँधेर कुटेको छ।
घट्नाको भिडियो बनाएर एक युवकले सामाजिक सञ्जालमा सेयर गरेपछि अहिले यो भिडियो भाइरल भएको छ।
समाचारमा उल्लेख गरिए अनुसार भारतको उत्तरप्रदेशको कुशीनगर भन्ने ठाउँमा जतिबेला छोरोले बावुलाई कुटपिट गर्दै थिायो उसको भाई पनि त्यही उपस्थित थियो।
समाचारमा उल्लेख गरिए अनुसार बृद्धको मानसिक अवस्था ठीक छैन। अनि यसैका कारण उहाँका छोराहरुले उहाँलाई घरबाट चार वर्ष पहिल्यै निकाली दिएका थिए।
तर सन्तान र घरको मायाका कारण बेलाबेलामा बृद्ध घरमा आउने गर्दथे। सोमबार पनि जब बृद्ध घर आए उसको ठूलो छोरो मोनु ले अपमानित गरेर बावुलाई घरबाट निकाल्ने कोशिश गर्यो।
आफ्नै घरबाट आफूलाई लखेट्ने कोशिश गरेकोमा बावुले छेउमै रहेको एउटा ईटा टिपेर मोनुलाई हिर्काउने कोशिश गरेका थिए। बावुको उपस्थितीलाई सहन नसकेपछि जेठो छोरोले बावुलाई एउटा रुखको फेदमा बाँधेर जनाबरलाई जस्तै कुटपिट गरेको हो।

Post a Comment