Latest Updates :

शाहिद कपुर दोस्रो पटक बुवा बन्दै

SHARE THIS POST :
बलिउड । बलिउड चर्चित अभिनेता शाहिद कपुरको घरमा अर्को पाहुना आउने भएका छन्। शाहिद र उनकी श्रीमती मीरा राजपुतले इंस्टाग्राम पोस्टमार्फत आफ्नो घरमा नयाँ पाहुन आउने लागेको जानकारी दिएका छन्।

धेरै दिनदेखि मीरा गर्भवती भएको चर्चा चलेको थियो।शाहिद र मीराले आफ्नो इंस्टाग्राममा छोरी मीशाको तस्वीर शेयर गरेका छन्, जसमा बेलुन बनाएर लेखेका छन्, ‘ठूली दिदी।’

गतवर्ष एक अन्तर्वातामा शाहिद कपुरले आफू परिवार बढाउने विषयमा सोचिरहेको बताएका थिए। जीक्यू म्यागजीनलाई दिएको अन्तर्वातामा शाहिदले भनेका थिए, ‘मीरा अहिले २२ वर्षकी भइन्। उनी अर्को बच्चा पाउन चाहन्छिन्।उनी बेग्लै विचारधारा भएकी महिला हुन्।

उनी बच्चा हुर्किएपछि आफूपनि स्वतन्त्र भएर आफूलाई मन लागेको काम गर्नुपर्ने मान्यता राख्छिन्।’ मीराले दोस्रो बच्चाका बारेमा प्लानिङ गरेपछि आफ्नो पेशाबारे बोल्ने बताएकी थिइन्। शाहिद र मीराको एउटी छोरी छन्। उनको नाम मीशा हो। मीशाको जन्म २६ अगस्त २१६ मा भएको हो। शाहिद र मीराको विवाह जुलाइ २०१५ मा भएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger