उनले त्यो स्क्र्याचलाई सफा गरेर आफ्नो दैनिक काममा लागे । दुई हप्तासम्म सबै ठिक चल्यो तर त्यसपछि उनलाई फ्लूले समातेजस्तो भयो । उनलाई के भइरहेको छ, त्यो उनले बुझेनन ।
वास्तवमा उनलाई कुकुरको ¥यालका कारण सेप्टिसिमिया (एक प्रकारको संक्रमण) भएको थियो जसका कारण उनको रगतमा विष फैलिएको थियो र उनको रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आइरहेको थियो ।
सेप्टिसिमिया संक्रमण संसारभरी हुने मृत्युको सबैभन्दा ठूलो कारणमध्येको एक हो ।
नेलको मृत्यु त भएन तर उनी मृत्युको ‘निकै नजिक’ थिए ।
नेलको अवस्था निकै दुर्लभ छ तर यो वास्तविक पनि हो । संसारमा हरेक वर्ष करिब दुई करोड मानिस सेप्टिसिमियाका शिकार हुन्छन् ।
प्रत्येक मिनेट महत्वपूर्णः
नेललाई सुरुमा त थाहा थिएन उनी कुन हदसम्म बिरामी छन् किनभने उनलाई ज्वरोमात्र आएको थियो । ज्वारो आएका कारण उनी सुतिरहेका थिए ।
उनले भने, ‘बेलुका मेरी पार्टनर घर आइन् र उनले मलाई गम्भीर स्थितीमा पाइन् । उनले इमर्जेन्सी सेवालाई फोन गरिन् । डाक्टरहरुले मेरो स्थितीलाई बुझिहाले र तुरुन्त उपचार सुरु गरे ।
सेप्टिसिमियाबारे जति चाँडो थाहा भयो त्यती नै चाँडो ठिक हुन्छ । यो संक्रमण भएपछि प्रत्येक मिनेट महत्वपूर्ण हुन्छ । जति ढिला भयो त्यती नै धेरै खतरा बढ्छ ।
नेल भन्छन्, ‘मलाई घरदेखि नै एन्टिबायोटिक्स र आवश्यक तरल पदार्थ दिन थालिएको थियो तर पनि म इमर्जेन्सी रुममा पुग्दा नपुग्दै बेहोस भएँ ।’
त्यसपछि उनलाई पाँच दिनसम्म आइसियूमा राखियो किनभने उनी कोमामा थिए ।
नेलले भने, ‘जब मेरो होस खुल्यो तब मेरो शरिर लगभग कालो भइसकेको मैले पाएँ । मेरो रगत अचम्म तरिकाले जमेको थियो र मेरो टिस्यूमा पनि क्षती पुगेको थियो ।’
नेलको मृगौला पनि फेल भएको थियो र उनलाई दुई महिनासम्म डायलाइसिसमा राख्नुपरेको थियो ।
चार महिनासम्म हस्पिटलमा बसेपछि उनको दुबै खुट्टा घुँडाभन्दा मुनी काटियो । उनको नाकको बनावट पनि बिग्रियो ।
नेल भन्छन्, ‘मेरा लागि यो निकै मुश्किल समय थियो । मलाई सुरुदेखि नै थाहा थियो कि मेरा औंला र खुट्टा जाँदैछन् भन्ने तर मेरो अनुहार पनि यस्तो हुन्छ भन्ने मैले कहिले पनि सोचेको थिइनँ ।’
अस्पतालबाट डिस्चार्ज भएपछि पनि उनलाई खान, हिँड्न र सास फेर्न पनि निकै समस्या झेल्नुपर्यो । उनको ओठमा घाउका निशान पनि बाँकी रहे ।
प्यारो कुकुरलाई पनि मार्नुपर्योः
नेलका अनुसार उनी त्यतिबेला नराम्रो तरिकाले रिसाहा र निराश भएका थिए । यद्यपी, तीन महिनापछि उनी पुनः हिँड्न सके । तर जे भयो त्यमा उनलाई आज पनि विश्वास छैन ।
नेलको समस्या यतिमा मात्र समाप्त भएन । आफूले त्यस्तो समस्या भोगेपछि उनले निकै गाह्रो निर्णय लिनुपर्यो । अरु व्यक्तिलाई संक्रमण नहोस् भन्ने उद्देश्यले उनले आफ्नो प्यारो कुकुरलाई मानुपर्यो ।
अब नेलको स्थितीमा धेरै सुधार आइसकेको छ । उनी कार चलाउन सक्छन् । अस्पतालबाट उनले एक कृत्रिम नाक पाएका छन् तर अब उनी त्यसलाई लगाउँदैनन् । उनलाई जे भयो त्यो कसैसँग लुकाउन नचाहेको उनी बताउँछन् ।
के हो सेप्टिसिमिया ?
– विश्व स्वास्थ्य संगठनका अनुसार यो एउटा यस्तो संक्रमण हो जुन मानिसको शरिरको प्रतिरक्षा तन्त्र (इम्युन सिस्टम) कुनै संक्रमणको जवाफमा केही बढी नै सक्रिय हुने गर्दछ ।
– सेप्टिसिमिया हुँदाको सुरुवाती समस्या हल्का हुन्छ जस्तै औंलामा हल्का स्क्र्याच वा घाउ । तर समयमा नै यसको कारण पत्ता नलागे शरिरले निकै क्षती व्यवहोर्नुपर्छ । जस्तै, टिस्युलाई क्षती पुग्न सक्छ । कुनै अंगले काम गर्न बन्द गर्छ र मृत्यु पनि हुनसक्छ ।
– सेप्टिसिमिया किन हुन्छ त्यसको वास्तविक कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसको खतरनाक असरका कारण यसलाई ‘साइलेन्ट किलर’ भनिन्छ ।
– सेप्टिसिमियाको पहिचान गर्न पनि निकै मुश्किल छ किनभने यसको सुरुवाती लक्षण कुनै साधारण संक्रमण र ज्वरोजस्तै देखिन्छ ।
– सेप्टिसिमिया फन्ड अफ यूनाइटेड किंगडमका अनुसार सेप्टिसिमियाका ६ प्रमुख लक्षण हुन्छन्– बोल्नमा समस्या, मांसपेशीमा पीडा, चिसो लाग्नु, पिसाब फेर्न समस्या, सास फेर्नमा कठिनाई र छालामा दाग देखिने वा चिलाउने ।
Post a Comment