Latest Updates :

प्रियंकाले घर छोड्ने निर्णय गर्दा बझाङमा भयो रुवाबासी, डिआईजी बनेको सात दिनमै सवेन्द्रको चमत्कार

SHARE THIS POST :
प्रियंकाले घर छोड्ने निर्णय गर्दा बझाङमा भयो रुवाबासी, डिआईजी बनेको सात दिनमै सवेन्द्रको चमत्कार

यो पनि पद्नुहोस
काठमाडौं — हामी सिमिकोटमा रोडको काम गरिरहेका थियौं । मसँगै अरु कामदाहरु पनि काममा व्यस्त थियौं । दिउँसो करिव पौने ४ बजेतिर हामीले हुम्ला सदरमुकाम सिमिकोटबाट जहाज उडेको देखेका थियौं । तर एयरपोर्टबाट उडेको करिव ४/५ मिनेटमा हामीले फेरि जहाज देख्यौं । हामीले ठान्यौं कि अर्को जहाज आएछ सिमिकोटमा । तर होइन रहेछ । अघि उडेकै जहाज फर्किएको रहेछ ।

हामीले दोस्रोपटक देखेको जहाज सधैँ उड्ने रुट भन्दा फरक रुटबाट उडेको देखेपछि सोच्यौं कि यो जहाजमा केही खराबी आयो। जहाज अन्य समय भन्दा निकै तलबाट उडेको थियो । त्यही भएर हामीले अड्कल काटिसकेका थियौं जहाजमा खराबी छ र त्यो जहाज कहीँ गएर दुर्घटनामा हुन्छ भन्ने ।

हामी केहीबेर काम छाडेर उक्त जहाज हेर्न थाल्यौं । जहाज ठ्याक्कै कर्णाली नदीको बीचभन्दा ठ्याक्कै माथिबाट उडेको थियो । मलाई फोटो र भिडियो खिचौं कि जस्तो लागेको थियो । तर गतिलो मोबाइल नभएकोले त्यतातिर खासै ध्यान दिइनँ । बरु मैले अब कहाँ गएर दुर्घटना हुन्छ र दुर्घटना भएपछि जहाजमा रहेकालाई कसरी बचाउन सकिन्छ भन्नेतिर सोच्न पुगेँ ।

हेर्दा हेर्दै जहाज सिमिकोटको स्यागास्यागा भन्ने ठाउँमा खस्यो । हामीले हर्दा हेर्दै जहाज कर्णाली नदीनजिकै पुगेको थियो । सायद जहाजको इन्जिज स्टार्ट बन्द भएको थियो होला । जहाज सामान्य अवस्थामा भन्दा फरक गतिमा उडेको थियो । त्यत्तिकैमा चालकदलका सदस्यले ढोका खोले र हामफाले । जहाज कर्णाली नदीमा खस्यो । जहाजलाई नदीले बगाएर लग्यो ।

हाम्रो मन पनि ढुकढुकी भयो । हामीले एकछिन त केही सोच्नै सकेनौं । अब के गर्ने कसो गर्ने मात्रै भयो । कहाँ गएर ठोक्किने हो भन्ने मात्रै भएको थियो। मलाई लाग्छ चालकदलले नदी माथि लैजानुको कारण चाहिँ खसिहाल्यो भने पनि नदीमा परेर जहाजमा आगो लाग्दैन केही गरी बाँच्न सकिन्छ कि सोचे होला । उनीहरुलाई डाँडाँतिर जहाज लैजाँदा ठोक्किएर आगो लाग्न सक्छ भन्ने लागेको हुन सक्छ ।

हामी हामफालेका पाइलटलाई बचाउन भनेर जाँदै थियौं । उतिनखेरै हेलिकोप्टर आयो । सायद पाइलटले जहाज खस्नुपहिले नै टावरमा दुर्घटना हुँदै छ भन्ने जानकारी दिएका थिए होला ।

हेलिकोप्टर त आयो तर उसले कहाँ दुर्घटना भएको हो भनेर पत्ता लगाउन सकेन र घुमेको घुम्यै भयो । तत्काल मैले हुम्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन गरेँ र भने, ‘हेलिकोप्टर घुमिराखेको छ, दुर्घटना भएको स्यागास्यागा भन्ने ठाउँमा हो। तपाइँसँग हेलिकोप्टरका पाइलटसँग कुरा हुन्छ भने भनिदिनुहोला ।’

सायद सिडिओ सरले भन्दिनुभएछ कि के हो, हेलिकोप्टरले दुर्घटनास्थल पहिचान गर्‍यो र उद्धार गर्‍यो । चाँडै नै उद्धार गर्न सफल भएकोले दुवै जनाको जयान बचेको छ ।

दानबहादुर रावलसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित । रावल विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रमका सव-इन्जिनियर हुन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger