Latest Updates :

नेपालकी तरकारिवाली पछी अब “मासु बेच्ने वाली” बनिन भाइरल

SHARE THIS POST :
प्रिया प्रकाश वारियर आफनो आँखाको ईसाराबाट संसारभर भाइरल भएको केही दिन नवित्दै एउटा अर्को वाली पनि सोशल मिडियामा भाइरल हुन शुरु भएको छ ।

पाकिस्तानको चायवाल तथा नेपालको तरकारीवाली पछि अव यी मिटवाली ईन्टरनेटमा भाइरल बनीसकेकी छिन् । उनी केवल सोशल मिडिया साइट्समा मात्र होइन कि त्यो पसलमा पनि मानिसहरुको भिड लाग्न थालेको छ जहाँ उनी बाला काम गरीरहेकी छिन् ।

यी नयाँ भाइरल बनेकी युवती ताइवानकी हुन् र उनको नाम हो लिटिल पीच । वास्तवमा उनी एक मोडल हुन उनलाई एउटा ब्यापारीले आफनो काममा राखेका छन् ।

पछिल्लो केही महिनादेखि आफनो ब्यवसायमा घाटा हुन थालेपछि उनले जुक्ति लगाउदै ब्यवसाय बढाउनको लागी उनलाई फुड स्टलको खाना सर्व गर्ने काममा राखेका छन् ।

धेरैजस्तो कम्पनिहरुले आफनो ब्यवसायको प्रचार प्रसारको लागी मोडलहरुको अनुहारको प्रयोग गर्ने गर्दछन् तर यी ब्यवसायीले त मोडललाई वेटर बनाएर राम्रो ब्यवसाय गरेका छन् ।

स्टल मालिकको यो आइडिया अहिले निकै नै हिट भएको छ ।

जसलाई खाना खान मन हुदैन उनीहरु बस यो कारणले यहाँ आएर खाना खान्छन ताकी केही समय भए पनि यी सुन्दर महिलालाई हेरेर आनन्द लिन सकियोस ।

कारण जे भए पनि ति ब्यापारीलाई ब्यवसायमा धेरै फाइदा भइरहेको छ । उनको ब्यवसायको प्रचारप्रसार सँगै ब्यापारीको कमाइ पनि जोड तोडले बढेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger