Latest Updates :

कण्डम सानो हुन्छ भन्ने केटाहरुलाई युवतीले यस्तो गरेर देखाइदिइन्

SHARE THIS POST :
काठमाडौँ । ‘यदि कोही केटाले कण्डम भन्दा आफ्नो निकै ठूलो छ भनेर भन्यो भने कृपया उसलाई यो पठाइदिनुहोस् ।’ एकजना युवतीले यहीँ भनाइ सहित गरेको एउटा ट्विट अहिले भाइरल बनेको छ । यो भनाइ सँगै उनले आफ्नो पाखुरालाई कण्डमभित्र घुसाएर एउटा तस्वीर खिचाएकी छिन् र सोही तस्वीरलाई पोष्ट गरेकी छिन्।
अमेरिकाको उटाकी एक १८ वर्षकी युवतीले कण्डम नलगाइकन सेक्स गर्नका लागि अनेक बहाना गर्ने केटाहरुलाई सबक सिकाउनका लागि गरेको यो जुक्ति धेरैले मन पराएका छन्।
उनले धेरै महिलाको भावना बुझेर यो कुरा प्रमाणित गर्ने प्रयास गरेकी छिन् की कोहीपनि पुरुषको यौनांगको आकार कण्डम नै नअट्ने भन्ने हुँदै हुँदैन, त्यो आकार त घोडाको मात्र हुन्छ।
इमिली ह्वाइट नामकी ती युवतीले यसलाई प्रमाणित गर्नका लागि आफ्नो पूरै पाखुरा नै जोनी कण्डमभित्र छिराएर देखाइदिएकी छिन् र असुरक्षित सहवास विरुद्ध नयाँ खाले युद्ध छेडेकी छिन।
एम टि भी मा आफ्नो भाइरल भएको ट्विटका विषयमा प्रतिक्रिया दिँदै इमिलीले भनेकी छिन्, ‘मैले केवल हाँसोका लागि मात्र यो फोटो खिचेकी थिएँ, तर जब मैले एक मिनेटसम्म यो तस्वीरलाई हेरेँ तब मलाई केटाहरुले प्राय भन्ने गरेको ‘मेरो कण्डम भन्दा निकै ठूलो छ’ भन्ने भनाइ याद आयो र यो तस्वीरलाई सोही कथनलाई व्यंग्य गर्ने कुरामा प्रयोग गरेँ।’
यद्यपि आफ्नो यौनांग निकै ठूलो छ र यसमा कण्डम अट्दैन भनेर कण्डम नै नलगाइकन यौन सम्पर्क गर्न कर गर्ने केटाहरुको घमण्डी पाराप्रति युवतीहरुले अनौठो पाराले विरोध जनाएको यो पहिलो पटक भने होइन। केही महिनाअघि स्विडेनकी गायिका जारा लार्सनले आफ्नो पूरै खुट्टा नै कण्डममा घुसारेर आफ्ना ठूलो छ भन्ने घमण्ड गर्ने केटाहरुलाई मुखैभरको जवाफ दिएकी थिइन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger