Latest Updates :

पोखरामा ट्रयाक्टर फोनको तारमा झुण्डिएपछि… आखिर कसरी झुण्डिन पुग्यो हेर्नुहोस्

SHARE THIS POST :
पोखराको सडक खाल्डाखुल्डी देखिने बित्तिकै स्मार्ट सिटी शब्द झ्याप्पै आउँछ, छाडा चौपाया भेटिने बित्तिकै स्मार्ट सिटी, जाम पर्ने बित्तिकै स्मार्ट सिटी, सरकारी कार्यालयमा काम नहुने बित्तिकै स्मार्ट सिटी । पोखरामा जे कमजोरी भेटिन्छ, तत् समय स्मार्ट सिटी र मेयर सम्झन थालिहाल्छन् पोखरेली । अनि सामाजिक सञ्जालमा आक्रोश, व्यंग्य पोखिहाल्छन् ।

हुन पनि हो, अब पोखरा जनप्रतिनिधिको पहलकदमीमा स्मार्ट सिटी बन्ने चरणमा प्रवेश हुन्छ भन्ने सबैलाई लागेकै थियो । दलहरु, उम्मेदवारहरुले भनेकै थिए । तरपनि पोखरा उस्तै छ । दबाब चर्को छ ।

पोखरामा विहीबार अचम्मै भयो । अमरसिंहचोकमा नेपाल टेलिकमको तारमा हाते ट्याक्टर (पावर ट्रेलर) झुण्डिँदा विद्युत् सेवा अवरुद्ध हुन पुग्यो ।

पोखराबाट रुपा गाउँपालिका, थुम्कीतिर जाँदै गरेको ना ६ ख ७१७९ नम्बरको बसको छतमा राखेर लगिएको पावर ट्रेलर (हाते ट्रयाक्टर) बिहीबार दिउँसो नेपाल टेलिकमको तारमा झुण्डिएको थियो । टेलिकमको तारसँगै बिजुलीको तार तानिएर एयरपोर्ट फिडर र सराङकोट क्षेत्रका सबै क्षेत्रमा विद्युत् अबरुद्ध भएको थियो ।

विद्युत् केन्द्रका कर्मचारी भने टेलिकमको लापरबाहीका कारण विद्युतले दोष खेप्नुपरेको गुनासो गर्छन् । विद्युत् वा टेलिकमका तारहरु व्यवस्थित हुनुपर्नेमा उनको जोड थियो । पोखरा औद्योगिक क्षेत्रस्थित प्रहरी बिटका असइ विष्णु पल्ली मगरले कागजातहरु नियन्त्रणमा लिई यात्रुलाई गन्तव्यमा पुग्न बाधा नपुगोस् भनेर बसलाई छोडिएको बताएतारमा अड्किएको पावर ट्रेलरलाई ट्रकमा चढेर निकालिएको थियो ।

अव्यवस्थित तारका कारण विभिन्न दुर्घटनाहरु बढ्ने क्रम पनि जारी नै छ । केही महिना अघि मात्रै पोखराको रानीपौवामा मोटरसाइकल चलाउँदै गर्दा तारमा अल्झिएर घाइते भएका एक शिक्षकको उपचारका क्रममा मृत्यु भएको थियो ।अहिले पनि पोखराका विभिन्न ठाउँमा टेलिकम, केबुल तथा विजुलीका तारहरु यत्रतत्र छरिएका र लत्रिएका देखिन्छन् ।

यसले स्थानीयवासीमा त्रासको सिर्जना गरेको देखिन्छ । पोखरालाई कुरुप बनाएको यहाँ जेलिएका फोनका तार र असुरक्षित विद्युत लाइन हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger