Latest Updates :

फेसबुके माया : पतिलाई डिभोर्स दिदै बिहे गर्न आफ्नो देश छोडेर अर्कै देशमा पुगिन महिला

SHARE THIS POST :
एजेन्सी । विश्वकै सबैभन्दा लोकप्रिय सामजिक सञ्जाल फेसबुकसँग जोडिएका लाखौँ किस्सा विश्वभर चर्चित छन्। फेसबुकसँग जोडिएर दैनिक कयौँ चाख लाग्दा घटना पनि भइरहन्छन्।

यस्तै एउटा घटना हालै भारतमा भएको छ। पोल्यान्डकी एक विवाहित महिलाले फेसबुकबाट माया बसेपछि आफ्ना पतिलाई डिभोर्स दिँदै छोरीका बाबुसमेत रहेका एक युवासँग विहे गर्न भारत आइपुगेकी छन् ।

यो रोचक घटना भारतको पञ्जाब राज्यस्थित जालन्धरमा भएको हो । जहाँको फिल्लौरस्थित गन्ना गाउँमा यस अनौठो बिहेलाई देखेर चकित भएका छन् ।

जानकारी अनुसार यो गाउँका ३८ वर्षीय श्याम आफ्नी १० वर्षीया छोरीसँग बस्दै आएका छन् । केही वर्षअघि उनकी पत्नीको निधन भइसकेको थियो। पत्नीको निधन भएपछि उनको मित्रता फेसबुकबाट पोल्यान्ड निवासी इभोनासँग सुरु भयो।

फेसबुकबाट मित्रता सुरु भएपछि उनीहरुबीच कुराकानी बाक्लिँदै गयो। कुरा बढ्दै जाँदा फेसबुकबाटै उनीहरुबीच माया पनि बस्न पुग्यो।

त्यसपछि इभोनाले श्यामसँग बिहे गर्ने प्रस्ताव पनि राखिन्। यो प्रस्तावले पहिले श्याम हिच्किचाए तर पछि उनले इभोनाको प्रस्तावलाई स्वीकार गरिदिए।

श्यामले प्रस्ताव स्वीकार गरेपछि इभोना पोल्यान्डबाट भारत आइन् अनि गत फेब्रुअरी २३ मा गाउँकै गुरुद्वारामा बिहे गरे। इभोनाले बताए अनुसार उनी १८ वर्षीय छोराकी आमा हुन्। श्यामसँग बिहे गर्नैका लागि उनले पतिलाई डिभोर्स दिएको बताएकी छन्।

इभोनाले भनिन्, ‘मेरो छोरो र श्यामको छोरीलाई हाम्रो नयाँ सम्बन्धमा कुनै गुनासो छैन। उनीहरु दुवै खुशी छन्।’

इभोनाले श्यामसँग बिहे गरेसँगै अहिले पञ्जाबी बोल्न सिकिरहेकी छिन्। इभोनाले आफू १२ मार्चमा पोल्यान्ड फर्किने बताउँदै श्याम र उनकी छोरीलाई पनि उतै बोलाउने बताएकी छन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger