पोखराको पातलेछाँगोबाट आयो मुटु कंपाउने खबर,सलाम छ नेपाल प्रहारीलाइ.समयमा टोली नपुगेको भए हुन्थ्यो ठुलो अनर्थ.पुरा पढ्नुहोस
बलात्कार गरेर भाग्न खोज्दा डेभिडफल्सको पहरोमा अड्किएपछि पोखराको पातलेछाँगो (डेभिडफल्स) बाट नेपाल प्रहरीले एक जनाको सकुशल उद्धार गरेको छ । पर्वतको बिहादी १ का ३७ वर्षीय ईन्द्र केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखराबाट प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठको कमान्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो । पातलेछाँगो हेर्न जानेक्रममा एक पर्यटकले पहरोमा अड्किएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो । केसीले एक युवतीलाई बलात्कार गरेको आफन्तले थाहा पाएपछि भाग्ने क्रममा पातले छाँगोमा खसेको बताएका छन् । केसी पोखरामा मजदुरी काम गर्दछन् । उद्धारटोली कमान्डर प्रहरी हवल्दार श्याम श्रीवास्तवले आफूहरूलाई उद्धारमा जाँदा स्रोतसाधनको कमीको कारण डर मान्दै उद्धार गर्नुपर्ने बाध्यता रहेको बताउछन् भिडियो हेर्नुहोस् पोखराको पातलेछाँगोबाट आयो मुटु कंपाउने खबर,सलाम छ नेपाल प्रहारीलाइ.समयमा टोली नपुगेको भए हुन्थ्यो ठुलो अनर्थ.पुरा पढ्नुहोस यो पनि पढ्नुहोस् : विराटनगर, चैत ८ । पुनः संचालनमा आएको तीन महिना पनि नपुग्दै विराटनगर जुट मिल फेरि बन्द भएको छ । बिजुलीको बिल तिर्न नसकेर विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि मिल बन्द भएको हो । loading... २०७१ साल भदौ देखि बन्द भएको जुट मिल नयाँ ब्यवस्थापनमा गत मंसीर १० गतेबाट आशिंक रुपमा संचालनमा आएको थियो । जुटमिलले प्राधिकरणलाई ५५ लाखभन्दा बढी विद्युत महसुल बुझाउन बाँकी छ । विद्युतको बक्यौता तिर्न नसक्दा फागुन ३ गते प्राधिकरणले मिलको लाइन काटेपछि मिल फेरी बन्द भएको छ । मिल बन्द भएको र यहाँको समस्या समाधान गर्नुभन्दा संचालकहरु काठमाडौं मै बस्दा कर्मचारीहरुमा निरासा पलाएको विराटनगर जुटमिल प्रशासन शाखा प्रमुख तारानाथ तिम्सिनाको भनाइ छ । मिलको सुरक्षा र प्रशासन फाँटका कर्मचारीहरुले २ वर्षभन्दा बढी समयदेखिको तलब पाएका छैनन् । निलही काफ्लेको नेतृत्वमा मिल सञ्चालन हुन थालेपछि नियुक्त गरिएका प्रशासन र सुरक्षा फाँटका कर्मचारीले १ करोड रुपैयाँ पाउन बाँकी रहेको बताइएको छ । मिल संचालनमा आउँछ र आफुहरुले तलब पाइन्छ भन्दै आशा गरेर बसेका कर्मचारी संचालकहरु सम्पर्कमा नआउँदा अहिले हतोत्साहित भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयले मिल संचालक समितिले किर्ते गरेर सरकारको सेयर कम बनाएको भन्दै ६८ प्रतिशत नै कायम गर्ने निर्णय कार्यान्वयन गराउन सञ्चालक निलहरी काफ्ले र अध्यक्ष बसन्त वनलाई ताकेता गर्दै आएका छन् । जुट मिल बन्द भएसँगै यहाँ कार्यरत कर्मचारीको भविष्य पनि अन्योलमा परेको छ
Post a Comment