Latest Updates :

समसाँझै आयो काठमाडौँबासीको मुटु हल्लिने खबर ! ज्यानको माया भए यहाँ नबसेकै जाती (भिडियो)

SHARE THIS POST :
समसाँझै आयो काठमाडौँबासीको मुटु हल्लिने खबर ! ज्यानको माया भए यहाँ नबसेकै जाती (भिडियो)

यो पनि बढ्नुहोस
पुरातात्विक गोकर्णेश्वर मन्दिरको छाना फेर्न महायज्ञ शुरु

काठमाडौँ, २३ फागुन  ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण गोकर्णेश्वर महादेव मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले आजदेखि श्रीमद्भागवत् महायज्ञ शुरु भएको छ ।

महायज्ञको उद्घाटन गर्दै १००८ स्वामी हरिहरानन्दले शास्त्रीय रुपमा गोकर्णेश्वर उत्तरगया तीर्थ भारतको गयाभन्दा पनि महत्वपूर्ण भए पनि प्रचारप्रसार एवं महत्व बुझाउन नसक्दा पछि परेको बताउनुभयो । यसको महत्व बुझाउन सरकारीस्तरबाटै पहल गरिए भारतका धार्मिक पर्यटक पनि आकर्षित गर्न सकिने उहाँको भनाइ थियो ।

सांसद कृष्ण राईले मन्दिरको छाना फेर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले प्रदेश सरकारका तर्फबाट पनि मन्दिरको छाना फेर्न सहयोग जुटाउने जानकारी दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले यस वर्ष छाना फेर्ने शीर्षकमा बजेट छुट्याउन नसके पनि आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने वाचा गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, राष्ट्रिय शहीद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, भागवत् महायज्ञ मूल आयोजक समिति अध्यक्ष कमलबहादुर विष्टलगायतले ऐतिहासिक महत्व बोकेको मन्दिरको छाना फेर्न सहयोग गर्न आग्रह गर्नुभयो । विभागले पनि आगामी आर्थिक वर्षको बजेटमा गोकर्णेश्वरको छाना फेर्न बजेट राख्ने वचन महानिर्देशक दाहालले दिनुभयो ।

प्रामाणिक अभिलेख नपाइए पनि राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर मन्दिरमा हाल झिँगटीको छाना छ । वर्षौँदेखि झिँगटी नफेर्दा वर्षामा पानी चुहिन्छ । वर्षाको पानीले पुरातात्विक मन्दिर जीर्ण बन्दै गएको पुजारी जगदीश भट्टले बताउनुभयो ।

ऐतिहासिक मन्दिर जीर्ण बन्दै गएपछि गोकर्णेश्वर नगरपालिका र स्थानीयवासीको सहभागितामा छाना फेर्न सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत् मूल आयोजक समिति गठन गरिएको थियो । नगरपालिकाको नौ वटै वडाका अध्यक्षलाई समितिको उपाध्यक्ष राखेर आयोजक समिति गठन गरिएको छ ।

समितिको प्रमुख सल्लाहकार नगर प्रमुख चालिसे र आयोजक समितिको महासचिव नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल हुनुहुन्छ । सात हजार ४०० वर्गफिटको छाना तामामा सुनको लेप भएको लगाउने तयारी गरिएको समितिले जनाएको छ । यसका लागि प्रति वर्गफिट रु २१ हजार २५० लाग्ने प्राविधिक प्रतिवेदनमा उल्लेख छ ।

मन्दिरको छाना फेर्न कूल लागत रु १५ करोड ७१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको अध्यक्ष विष्टले बताउनुभयो । आगामी चैत ३ गतेसम्म हुने भागवत् महायज्ञबाट रु १० करोड सहयोग जुटाउने लक्ष्य राखिएको जनाइएको छ । भागवत् वाचक ईश्वरकृष्ण शास्त्रीले मन्दिरको छाना फेर्न सहयोग जुटाउने उद्देश्यले लगाइने महायज्ञमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको समितिले जनाएको छ ।

महायज्ञको उद्घाटनअघि पशुपतिदेखि गोकर्णेश्वर मन्दिरसम्मा बाजागाजा एवं सांस्कृतिक झाँकीसहित कलश यात्रा निकालिएको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger