‘सशस्त्र प्रहरीको असई हुँ, शसस्त्रमा जागिर लगाईदिन्छु’ भन्दै मञ्जु बुढाथोकीको नाममा बालाजुमा बस्दै आएकी बोहराले दैलेखकी राधा शाहिसँग १ लाख ४५ हजार, सिन्धुपाल्चोककी रेणुका भण्डारीसँग ५० हजार, बिमला खड्कासँग १५ हजार र जुना कुमारी खड्कासँग १९ हजार ठगी गरेको बताईएको छ ।
प्रहरीले बोहरालाई आइतबार बालाजुस्थित लोकतान्त्रिक चोकबाट नियन्त्रणमा लिएको हो । पीडितहरुलाई विश्वास दिलाउनका लागी बोहराले सशस्त्र प्रहरीको युनिफ.र्म लगाएको फोटो समेत देखाएर विश्वास दिलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ
Post a Comment