Latest Updates :

डाँका पक्रन गएको प्रहरीमाथि आक्रमण, ५ जना घाइते भिडियो सहित

SHARE THIS POST :
१७ चैत, वीरगञ्ज : डाँका पक्रन खटिएको प्रहरी टोलीमाथि पर्सामा आक्रमण भएको छ । डकैती गरेर नेपालमा लुकेर बसेको आशंकामा पर्साको सखुवा प्रसौनी गाँउपालिका–५, महुवन पुगेको प्रहरीमाथि स्थानीयले शुक्रबार आक्रमण गरेका हुन् ।

स्थानीयको आक्रमणमा परी ५ प्रहरी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साले घटनाको पुष्टि गर्दै प्रहरीहरु सञ्जय कुमार जयसवाल, अनिल यादव, राजेशकुमार यादव, नवीन पाल र ऋतुराम सोनार घाइते भएको जनाएको छ । घाइते प्रहरीको ठेगाना र दर्जा भने खुलाइएको छैन ।

प्रहरीका अनुसार, आक्रमणमा परी सामान्य घाइते भएका प्रहरीहरु नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि काममा फर्केका छन् ।

पर्साको कालिकामाई गाउँपालिका–१ को गाँजा मुद्दाका फरार अभियुक्त महुवनमा रहेको सूचना पाएपछि प्रहरी चौकी महुवन र जिल्ला प्रहरी कार्यालय पर्साको टोली त्यहाँ पुगेको थियो । पर्साका प्रहरी उपरीक्षक डा। गणेश रेग्मीका अनुसार, त्यहाँ पुगेलगत्तै स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए । ‘फरार अपराधीलाई पक्रन टोली गएको थियो । तर फरार अपराधीका पक्षका व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गरेर उसलाई भगाए’, उनले भने, ‘केही प्रहरी सामान्य घाइते भएका थिए, नारायणी उपक्षेत्रिय अस्पतालमा उपचारपछि उनीहरु पूर्ववत काममा फर्किएका छन् ।’

फरार अभियुक्तलाई नियन्त्रणमा लिने क्रममा १०र१५ जनाको समूहमा आएका मानिसहरुले प्रहरीको गाडी रोकेर हँसिया, लाठीले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।
झडपपछि जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाको टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो ।

फरार अभियुक्त भारतमा डकैती र हत्यामा संलग्न व्यक्ति रहेको दावी प्रहरीको छ । स्थानीयको प्रतिकार पछि अभियुक्त भाग्न सफल भएका छन् ।

प्रहरी टोलीमाथि नै आक्रमण गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन स्थानीयलाई पक्राउ गरेको छ । स्थानीय जिर्योधन महतो, मुन्नीलालप्रसाद कुशवाहा र सिताराम प्रसाद कुशवाहा पक्राउ परेका हुन् ।

स्थानीयले भने प्रहरीले पक्रेर लगेको तीन जना निर्दोष रहेको दाबी गरेका छन् । घर नजिकै भएको झगडा हेर्न गएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर गएको उनीहरुको भनाइ छ ।

घटनापछि प्रहरीबाट पक्राउ पर्ने डरले स्थानीय त्रसित छन् ।

प्रतिक्रिया
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger