Latest Updates :

निकै दुखद खबर : पुल भत्काउँदै बस नदीमा खस्यो, ३२ जनाको एकै ठाउँमा मृत्यु, एम्बुलेन्समा भरेर यसरी ल्याइयो लाश

SHARE THIS POST :
राजस्थान। भारतको राजस्थानमा अगाडि रहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भएको बस पुलको रेलिङ भत्काउँदै नदीमा खस्दा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।

आज बिहान ७ बजे भारतको राजस्थान राज्यको सवाइ माधोपुरबाट लालसोट गइरहेको बस दुर्घटनामा परेको हो । लालसोट मेगा हाइवेमा दुर्घटना भएको बताइएको छ ।

घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । आफूभन्दा अगाडि रहेको ट्रलीलाई ओभरटेक गर्ने प्रयास गर्दा पुलको रेलिङ भत्काउँदै बस नदीमा खसेको बताइएको छ ।

बस १०० मिटर तल खसेको छ । अहिलेसम्म १२ मृतकको पहिचान भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger