१. प्रिया प्रकाश वारियरः १८ वर्षीय प्रिया मल्यालम फिल्म ‘ओरु अदार लभ’ बाट डेव्यु गर्दैछिन्। यसको गीत ‘मानिक्या मालाराया पुभी’ मा इसाराले कुरा गरेका कारण प्रिया रातारात इन्टरनेटमा चर्चित भइन्।
२. अरशद खानः पाकिस्तानको इस्लामाबादमा चिया बेच्ने अरशद खान गत अक्टुबर २०१६ मा सोसल मिडियामार्फत एकाएकै चर्चामा आएका थिए। नीलो आँखाका धनी यी व्यक्तिलाई मोडलिङसम्मको अफर आएको थियो। उनी पहिले इस्लामाबादको सन्डे बजार (पेशावर चोक) मा चियाको दोकानमा काम गर्थे। उनको ‘लुक’ बाट महिलाहरू क्रेजी भएका थिए।
३. कुसुम श्रेष्ठः सोसल मिडियामा तरकारीवाली भनेर चिनिने नेपालकी कुसुम श्रेष्ठको फोटो २०१६ को नोभेम्बरमा भाइरल भएको थियो। तरकारी बोकेको उनको फोटो निकै फेमस भएको थियो।
४. ढिन्चक पुजाः ढिन्चक पुजाको गीत ‘सेल्फी मैने ले ली’ सोसल मिडियामा निकै भाइरल भएको थियो। उनी राम्रो स्वरका कारण होइन, नराम्रो स्वरका कारण चर्चित भएकी हुन्।
५. उमर बोरकान अल गलाः दुबईका मोडल तथा अभिनेता उमर त्यतिबेला चर्चामा आए, जब उनलाई निकै राम्रो भएको भन्दै साउदी अरबले देश निकाला गर्यो। यसपछि उमर रातारात इन्टरनेटमा चर्चित भएका थिए।
Post a Comment