Latest Updates :

१२ करोडमा सलमान खानलाई नेपाल ल्याउन भन्दा १२ करोड धुर्मुस सुन्तलिलाई दिएको भए अरू दुई ओटा नमुना बस्ती बन्ने थिए।

SHARE THIS POST :

बलिउड चर्चित अभिनेता सलमान खान होलीको अर्को साता नेपाल आउँदै छन् । सन् १९९४ मा पहिलो पल्ट नेपाल आएका सलमान दुई दशकको अन्तरालपछि आउन लागेका हुन् ।

सलमानको सांगीतिक कार्यक्रम फागुन २६ मा टुँडिखेलमा हुनेछ । आयोजक ओडिसीले कार्यक्रममा सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास व्यक्त गरेको छ । ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले नेपाल लाइभसँग भने, ‘सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुनेछ । कार्यक्रमका लागि हामीले १२ करोड रुपैयाँ बजेट छुट्याएका छौं।’

‘दबंग द टुर’ नाम दिइएको यो कार्यक्रमका लागि सलमान फागुन २५ मा नेपाल आउँदै छन् । उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन् । सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् ।

१२ करोडमा सलमान खानलाई नेपाल ल्याउन भन्दा १२ करोड धुर्मुस सुन्तलिलाई दिएको भए अरू दुई ओटा नमुना बस्ती बन्ने थिए। हजारौं बालबालिकाले पढने अबसर पाउँथे। सयौं हातले ति दाताहरुलाई रातदिन आशिर्वाद सधैं सम्मान गर्थे। गरिबका जिबन फेरीने थियो तर अपसोच धेरैलाइ चै महंगो टिकटमा सलमान लाई हेर्ने परेको छ। भगवान आउन लागेको होर यतिमरिहत्ते ????

हाम्रो देशका युवाहरु ले विदेशी कलाकार लिएर १२कराेड तिर्नुपर्ने यो कस्तो अचम्मको कुरा हो अलिकति पनि ध्यान दिउँ त। हाम्रा दाजुभाई दिदीबैनी खान नपाएर छटपटिरहेका छ। रहन लागि घर छैन, खान को लागि रासन छैन विदेशीहरुलाई आफ्नो देशमा भित्रै उनको लागि १२ करोड तिर्नुपर्ने कहानिर लेखेको छ भन्नुहोस। बिदेशी actor आफ्नो देशमा भित्र्याउँदा पर्यटकहरु भित्रिन्छन्??

नेपाली जनताहरुलाई gumraha बनाएर jati नेपालमा आयस्रोत छ विदेशी भित्र्याउने koshi गरिरहेका छन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु लाई भन्न चाहन्छाै । यस सड्यन्त्र रची खेलमा नबस्नुहोला एक न एक दिन देशलाई कंगाल बनाएर छोड्छन।

के हाम्रो देशमा याक्टरहरु छैन किन विदेशी actor भित्राउनु पर्यो। के हामी नेपालीको पनि विदेशीको जस्तो हैसियत छैन। उनीभन्दा स्वाभिमान भएका मान्छे हो हामि तर हाम्रो actors विदेश जाँदा कसैले पैसा दिदैन कुरा बुझ्न जरुरी छ ……!!!

यो पनि पद्नुहोस
निसन्तानको लागि सन्तान जन्माउने र वरबघु जुराउन नसकेको लागि मिलाईदिने अलौकिन स्थान ! जानकारी लिनुहोस>>

महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ ।

हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ ।

जे माग्यो त्यही पूरा हुने’ धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा पुकार्दै आएका छन् । विषेशगरी निःसन्तान दम्पतिको इच्छा पूरा गरिदिने भएकोले मेलामा भीड लाग्ने गरेको दुप्चेश्वर संरक्षण समितिले बताएको छ । दुप्चेश्वरको दर्शन गर्नाले मनले चिताएको पुग्ने, पुत्र प्राप्ती हुने, लामो समयसम्म नबोल्ने बालबच्चा बोल्ने विश्वासमा यहाँ टाढाटाढाका भक्तजनहरु भाकल गर्ने र भाकल पुरा भएपछि पनि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।

छोराछोरी नभएकाको सन्तान, विवाह नभएकाको विवाहको लगन गराइदिन प्रार्थना गर्ने गरेको र इच्छा पूरा पनि भएको धेरै भक्तजनहरुको अनुभव पनि यहाँ सुन्न पाइन्छ । दुर्गम क्षेत्र समेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर सातसय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो छिँडी हुँदै पालैपालो भक्तजनहरुले पूजा र दर्शनका लागी उक्लने गरेका छन् ।

दुप्चेश्वर महादेवको उत्पत्ति

पौराणिक कथनअनुसार चारसय वर्षअघि स्थानिय एक तामाङको दुहुनो गाई गोठालोमा हराएपछि खोजी गर्दै जाँदा छङ्गाछुरको पहरोमा आफ्नो चारै थुनबाट दुध चढाइरहेको भेटिएपछि सो ठाउँमा दुप्चेश्वर महादेव रहेको विश्वासमा प्रत्यक वर्ष धान्यपूर्णिमाका दिन विषेश मेला लाग्दै आएको छ ।

अर्कोतर्फ, समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाण्डौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवन लगायत देशका विभिन्न भागहरुबाट यहाँ वर्षेनी हजारौँ दम्पती भक्तजनहरु महादेवसँग सन्तान माग्न आउने गरेका छन् ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठोसँग हेर्न पाइन्छ ।

दुप्चेश्वरलाई सन्तानेश्वर महादेवका रुपमा पुकार्दै आउने भक्तजनहरु दिनानुदिन बढ्दै गएको स्थानियवासीको भनाइ छ । दुप्चेश्वर सबै धर्मको आश्थाका केन्द्रसमेत मानिएकाले यस क्षेत्रको विकासमा विषेश पहल हुनुपर्ने स्थानियवासीहरुको माग छ । सरकारी स्तरबाट यहाँ कुनैपनि पर्यटकिय महत्वको प्रचारप्रसार नभएकोले मेलाबाहेक अन्य समयमा यहाँ आउनेको संख्या अति नै न्यून रहेको दुप्चेश्वर मेला संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ ।

हाम्रोदेश बाट साभार

प्रचण्ड पुत्र प्रकाश दाहाल भन्छन्ः बिना मगरलाई कान्छी बनाउनु मेरो गल्ती, तर…

प्रकाशले बिना आफ्नी श्रीमती र प्रचण्डकी बुहारीका कारणले मात्र उम्मेदवार नबनेको भन्दै उनको राजनीतिमा बीसौं वर्षको योगदानको कदर गर्न भनेका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रकाशले बिनालाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्नु सरासर गलत भएको उल्ल्ेख गरेका छन् । बिना ०५४ सालदेखि पार्टीमा सक्रिय रहेको र २७ महिनासम्म नेपाली सेनाले ब्यारेकमा बेपत्ता पारेको भन्दै बचाउ गरेका छन् । ‘जुन प्रकारले बिना मगरलाई प्रचण्डको बुहारीमा मात्र सीमित गर्ने प्रयत्न गरिन्छ, त्यो सरासर गलत हो जस्तो लाग्छ । र त्यो चित्रण गर्न खोज्नेलाई विगत फर्केर हेर्न अनुरोध गर्न पनि मन लाग्छ । के ०५४/०५५ सालदेखि यो पार्टीमा लाग्नु गलत थियो ? के २७ महिना सेनाको कब्जामा बसेर बेपत्ता हुनु उनको रहर थियो र वान्टेड लिष्टमै हुनु प्रचण्ड परिवार भित्र भएको हुँदा हो ? के स्वविय’ सभापति प्रचण्डको परिवार भएको हुँदा बनाइएको थियो ?’, प्रकाशले श्रीमतीको बचाउ गर्दै भनेका छन् ।

बिना मगर आफैंमा स्थापित नेतृ भएको दाबी गर्दै हाल पार्टीभित्रैका कतिपय उम्मेदवार बिना राजनीतिमा लाग्ने बेलामा १÷२ कक्षामा पढ्दै गरेको टिप्पणी गरेका छन् । बिनाको इतिहास आफ्नो परिवारसँग जोडिनुभन्दा २ दशक पहिलादेखि कायम रहेको भन्दै प्रकाशले त्यसलाई नजरअन्दाज नगर्न भनेका छन् । प्रकाशले बरु प्रचण्ड परिवारको सदस्य भएका कारण बिनालाई घाटा लागेको जिकिर गरेका छन् । ‘प्रचण्डको छोराकै नाताले भन्नु पर्दा बिना मगरको राजनीतिक जीवन प्रचण्ड जोडिँदा र प्रचण्ड परिवार जोडिँदा उनलाई घाटा भएको छ । उनको इतिहासको नजरअन्दाज गरिएको छ । परिवारपरिवार भनेर सबैलाई एउटै आँखाबाट नहेरौं’ प्रकाशले भनेका छन् ।

यस्तै प्रकाशले छोरा र बुहारी दुवैलाई प्रत्यक्ष र समानुपाकित सांसदको उम्मेदवार बनाएको भन्दै विरोध नगर्न आग्रह गरेका छन् । प्रकाशले आफूले ११ कक्षा पास गरेपछि ०५७ सालबाट पार्टीमा काम गर्दै आएको र हालसम्म कुनै पदका लागि प्रतिस्पर्धामा नरहेको दाबी गरेका छन् । उनले अहिलेसम्म परिवार र व्यक्तिगत स्वार्थ केही नखोजेको जिकिर गरे । यद्यपि बिना मगरसँग बहुविवाह गर्नु आफ्नो गल्ती भएको स्वीकार गरेका छन् । आफूले त्यस कमजोरी बापत पार्टी विधानअनुसार कारबाही भोगिसकेको तर्क गरेका छन् । ‘हो बीचमा मेरो केही प्राविधिक कमजोरी भयो र पार्टी विधानअनुसार कारबाही ब्यहोरें । अन्यथा केही छैन’, उनले भनेका छन् । काठमांडू टुडे ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger