मस्को — रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको रुसी जेट दुर्घटनामा परेको छ । जेटमा ७१ जना सवार थिए । एयरपोर्टबाट उडेको केहीबेरमै बिमान दुर्घटनामा परेको हो ।
साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट ८० किलोमिटर दक्षिणपूर्वमा रहेको एक गाउँमा झरेको थियो । जहाजमा सवार सबैको मृत्यु भएको अनुमान छ ।
बिमान ट््रयाकिङ साइट फ्लाइट राडारले बिमान उडेको ५ मिनेटलगत्तै प्रतिसेकेन्ड एकहजार मिटरको स्पिडमा खसेको जनाएको छ ।
Post a Comment