Latest Updates :

बिहेको भोजमै साथीको हत्या

SHARE THIS POST :
नगरपालिका २ पेरहनी गाउँमा साथीको बिहभोज खान जाँदा हराएका १७ वर्षीय बालकृष्ण आचार्यको शव प्रहरीले तीन दिनपछि भेटेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराईले आचार्यलाई आफ्नै साथीले कुटपिट गरी हत्या गरेको हुन सक्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानअनुसार मृतक आचार्यलगायत अन्य तीन जना साथीले अत्यधिक मदिरा सेवन गरेको पाइएको छ। उपरीक्षक भट्टराईले थपे, ‘मृतकलाई उनकै साथीहरूले नशाको सुरमा हिर्काएर मारेको अनुसन्धानबाट खुल्न आएको छ।’ घटनामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका साथी तीनै जनालाई पक्राउ गरेको छ। बिहेभोज भएको तीन दिनपछि आचार्यको शव बेलुका लालबहादुर थारूको बारीमा फेला परेको हो।

घटनास्थलको प्रकृति र स्थानीयसँगको सोधपुछका आधारमा हत्याका आरोपीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ। प्रहरीले घटना घटेका ठाउँको प्रमाणहरु पनि जुटाएको छ। घटना माघ १६ गते राति २ बजेको समयमा घटेको प्रहरीको प्रारम्भिक अनुमानमा उल्लेख छ।

हत्याको आरोपमा ठाकुरबाबा नगरपालिका वडा नं २ कर्मला बस्ने २२ वर्षीय नक्कु भनिने रमेश राजवंशी, सोही ठाउँ निवासी १७ वर्षीय माडे भनिने हरिनारायण दहित र कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं ६ का २० वर्षीय विकास चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा म्याद थप गरी उनीहरु उपर अनुसन्धान कार्य भैरहेको छ। बर्दिया जिल्लामा अपराधका घटनाहरु भैरहेका छन्। कर्तव्यज्यान, मानववेचविखन, जवरजस्तीकरणी, गर्भपतन लगायत महिला हिँसाका अपराधहरु चुलिँदै गएको पाईन्छ। पछिल्लो समय मदिरा सेवनले जिल्लामा अपराध बृद्धि गर्न बलपुर्याएको उद्योग वाणिज्य संघ बर्दियाका उपाध्यक्ष मनोज यादव वताउँछन्।

उनले भने मदिराजन्य पदार्थको विक्रिवितरण लगायत यसको प्रयोगमा सम्वन्धित निकायले समयमै ध्यान दिनु जरुरी छ। विवाह उत्सव लगायत चाडपर्वहरुमा मदिराजन्य पदार्थको व्यापार र प्रयोगमा कडाई गर्नुपर्ने उनको भनाई छ।साभार readnepalinews.com
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger