Latest Updates :

सात दिन सम्म हाराएको छोराले पहिलो पटक आमा भनेर बोलाउदा … यस्तो भन्छिन जोन कि आमा (भिडियो)

SHARE THIS POST :
काठमाडौं, माघ १८ । ललितपुरको फुल्चोकीमा हिउँ खेल्न जाँदा हराएका १७ वर्षीय जोन तामाङ भेटिएपछि उनको परिवारमा खुसी छाएको छ ।

सात दिनसम्म हराएका जोन बुधबार अपराह्न फेलापरेका थिए । सात दिनसम्म जंगलमा खुला आकाशमुनि बसेकाले उनको छातीमा केही समस्या देखिएको र खुट्टा सुन्निएको चिकित्सकहरुले बताएका छन् ।
सात दिनसम्म हराएको छोरा भेट्दा ३४ वर्षीया रीमा तामाङको खुसीको सीमा नै थिएन । सात दिनसम्म देख्न, भेट्न र बोल्न नपाएको छोरा एक्कासि देख्दा रीमा निकै भावुक बनिन् ।

छोरा हराएको खबर पाउनासाथ खोज्न हिँडेकी रीमा सात दिनपछि छोराले आमा भनेर बोलाउँदा उनको खुसीको सीमा नै थिएन ।

जोनका बाबु गौतम तामाङले अरुले छोराको आश मारिसके पनि आफूलाई भने छोरो जीवित नै छ भन्ने लागेर खोज्न नछाडेको बताए ।

कान कम सुन्ने र सुस्त बोल्ने १७ वर्षीय जोन ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनका ६ कक्षाका विद्यार्थी हुन् भने उनी गत साता साथीहरुसँगै हिउँ खेल्न गएका थिए । फर्कनेक्रममा बाटो बिराएर छोडिएका थिए ।

रेस्क्यु थ्री साउथ एसियाको टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेटाएको थियो । रेस्क्यु थ्री साउथ एसियाका क्षेत्रीय निर्देशक चन्द्र आलेको १८ जनाको टोली बुधबार बिहानबाट नै जोनलाई खोज्न निस्किएका थिए ।

खोज्दै जाँदा जोनको स्कुलको झोला र टिफिन बक्स भेटिएको थियो । त्यसैलाई पछ्याउँदै जाँदा घना जंगलभित्र अर्धचेत अवस्थामा उनी भेटिएका थिए ।

चन्द्र आलेले जोन भनेर बोलाउदा उनले आँखा खोलेका थिए । ७० डिग्रीको भिरालोमा अडिएका जोनलाई तल झार्न भने साढे तीन घन्टा लागेको थियो ।

उनको उद्धारलाई आफ्नो जीवनको ठूलो उपलब्धि बताउने चन्द्र आलेले जोनको स्वास्थ्य अवस्था सुधारिँदै जाओस् भन्दै कामनासमेत गरे ।

उद्धार गरेपछि उनलाई बुधबार साँझ नै उपचारका लागि बीएन्डबी अस्पतालमा लगिएको थियो ।

सामान्य चोट लागेको, हातखुट्टा सुन्निएको र छातीमा समस्या देखिएका उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ ।

डा. ओमप्रकाश अधिकारीको टोलीले जोनको उपचार गरिरहेका छन् भने उनी अहिले बोल्न र खानसक्ने भएको चिकित्सकहरुले जनाएका छन् । इमेज

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger