Latest Updates :

पोखरा पोखरामा पार्किङ् गरेर राखेको बसमा अचानक आगलागी

SHARE THIS POST :
पोखरामा पार्किङ् गरेर राखेको बसमा अचानक आगलागी भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका १४ मझेरिपाटनमा पार्किङ् गरेर राखेको बसमा आगलागी भएको हो । ग १ ख ६९२५ नम्बरको बसमा भएको आगोलागीबाट बसको भित्रि भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीको अगाडिको सिसा समेत फुटेको छ । स्थानीयको सहयोगमा वडा प्रहरी कार्यालय रामबजारको टोलीले आगलागी नियन्त्रणमा लिएको प्रहरीले उल्लेख गरेको छ ।

आगलागीको कारण बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पोखराको जिरोकिलोमिटरमा करिब महिना दिन अगाडी सोहि प्रकितिको घटना घटेको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger