यसअघि भारतको मुम्बईमा बस्दै आएकी अदिती त्यहाँका मिडियाहरुको आँखामा पनि पर्दै आएकी छिन् । चलचित्र प्रदर्शनको क्रममा बिभिन्न मिडियाहरुसँगको अन्तर्वार्ताको क्रममा अनमोल र अदितीको नयाँ नयाँ कुराहरुको बारेमा दर्शकहरुले जान्ने मौका पाईरहेका छन् ।
यस्तै क्रममा एक मिडियासँगको कुराकानीमा ‘कृ’ नायिका अदिती बुढाथोकीले चलचित्र ‘प्रेम गीत’ र ‘म यस्तो गीत गाउँछु’ मार्फत चर्चामा आएकी नायिका पुजा शर्मालाई नचिनेको बताएकी छिन्
प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह, करिश्मा मानन्धर, रेखा थापा, नम्रता श्रेष्ठको बारेमा सोध्दा राम्रोसँग बताएकी अदितीले पुजा शर्माको बारेमा सोध्दा भने आफुलाई थाहा नभएको खुलासा गरिन् ।
सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा अनमोल केसीलाई दुई अवतारमा देखाईएको । चलचित्रमा अनमोल एक्सनको साथमा लवर ब्वाईको रुपमा पनि देखिनेछन् ।
सुवास इंटरटेनमेन्ट र काजल फिल्म्सको संयुक्त ब्यानरमा बनेको चलचित्रका निर्माता सुवास गिरी र अनमोल पिता भुवन केसी हुन् । चलचित्रमा अनमोलको जोडीको रुपमा अदिती बुढाथोकी छिन् भने अन्य कलाकारहरुमा अनुपबिक्रम शाही, कामेश्वर चौरासिया रहेका छन् । चलचित्रमा प्रदीप भारद्धाज र आशिष रेग्मीको संबाद तथा पटकथा रहेको छ ।
Post a Comment