Latest Updates :

आकाशमा देखियो आगोको गोला र जमिनमा खसे ३ विचित्र चीज, गाउँभर फैलियो त्रास

SHARE THIS POST :
अघिल्लो दिन आकाशमा ठूलो आगोको गोला देखियो । त्यसको भोलिपल्टै गाउँमा तीनवटा विचित्रका चीज जमिनमा खसे । यस्तो दृश्य देख्दा पेरुको एक गाउँमा त्रास फैलिएको छ । पेरुको अंडियन राज्यमा भएको यो घटनाछि अनेकौं चर्चा चलिरहेका छन् । यी तीन चीजहरु अन्तरिक्षबाट खसेको दावी गरिएको छ ।

ती तीन गोला खस्नुभन्दा अघिल्लो रात गाउँलेहरुले आकाशमा झण्डै १८५ किलोमिटर टाढा आगोको गोला आकाशबाट आउँदै गरेको देखेका थिए । गाउँलेहरुले यसको भिडियो बनाएर सामाजिक संजालमा शेयर पनि गरेका छन् । आकाशमा देखिएका यही गोला अंडियनमा खसेको अनुमान गरिएको छ । पेरु एयरफोर्सले घटनापछि यो एसएल २३ रकेट हुन सक्ने बताएको छ । अंडियनमा खसेको यही रकेटको फ्युल ट्यांकी हुन सक्ने एयरफोर्सले बताएको छ । उता ब्राजिलको फायर डिपार्टमेण्टमा प्रमुख रोमुलो बारोसले यो उल्का पिण्ड भएको दावी गरेका छन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger