Latest Updates :

प्रिय ! पर्खिएरै १४ बर्ष बिते, तिमी आएनौ ! ‘तिमी हराइरहनू,म पर्खिरहनेछु

SHARE THIS POST :
काठमाडौ । पर्खदा पर्खदै दिनहरू बिते, महिनाहरू बिते, बर्षहरू बिते तर तिमि आएनौ ‘गत मंसिर १७मा १४ बर्ष भयो, खै त ? पर्खाईको दूरी जतिसूकै लामो होस् ‘गौरबका साथ पर्खिरहनेछू‘ तिमि र तिमि जस्तै वेपत्ता भईदिइरहदा आज धेरैलाई फाईदा र काईदा भइरहेको छ‘‘। अनि तिम्लाई कस्ले खोज्न चाहन्छ र ? त्यसैले तिमि हराइरहनू र मैले पर्खिरहनूको बिकल्प रहेन।

यो भावेत्तेजक भनाई कुनै उपन्यास वा फिल्मको संवाद होइन यो त आफ्नो जिवन साथी बेपत्ता पारिएको १४ वर्षपछि युवा विद्याथी नेता भिम गिरीकी जिवनसंगिनी टिका बास्तोला रेखाले आफ्नो सामाजिक संजालमा व्यक्त गरेकी भावना हुन् । आफ्नो प्यारो जिवनसाथीको तस्वीरलाई छातीमा टाँस्दै उनले व्यक्त गरेको यो भावना साँच्चै हदयविदारक छ ।

माओवादी जनयुद्धको दौरानमा काठमाडौंको क्षेत्रपाटीबाट १४ वर्ष अगाडि २०६० मंसिर १७ मा तत्कालिन शाही सेनाले गिरफतार गरी बेपत्ता बनायएका युवा हुन् गिरी । ताहाचालस्थित क्याम्पसका विद्यार्थी नेता गिरी विनापुर्जी पक्राउ गरिएका थिए, त्यसपछि उनी पुष ५ गतेसम्म महाराजगञ्जस्थित सेनाको भैरबनाथ गणमा राखीएका थिए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger