Latest Updates :

अमेरिकाको डलासमा लुटेराको गोली प्रहारबाट एक नेपाली युवकको मृत्यु

SHARE THIS POST :
शनिबार अबेर राती डलासको गारल्याण्डस्थित एक्जोन ग्यांस स्टोरमा लुट्न आएका अश्वेत व्यक्तिको गोली प्रहारबाट स्टोरमा कार्यरत एक नेपाली युवकको मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन् ।
३५ बर्ष हाराहारीका ती मृतकको परिवारको आग्रहमा नाम नखुलाइएको बताइएको छ ।

मृतकको शवलाई स्थानीय अस्पतालमा राखिएको छ । गारल्याण्ड प्रहरीलाई उद्ध्रित गर्दै स्थानीय सिबिएस डिएफडब्लु अनलाइनले जनाए अनुसार शनिबार मध्यरातमा दुई व्यक्तिहरु पसेर लुट्न खोजेपछि प्रतिरक्षाको क्रममा नेपालीको हत्या भएको थियो । भिडियोमा देखिए अनुसार दुबै कालो वर्णका थिए ।
प्रतिरक्षा गर्ने क्रममा दुई लुटेराले गोली हानेर हत्या गरेको भिडियो देखिएको उक्त अनलाइनले जनाएको छ । सप्ताहन्त भएकोले राति १२ बजे स्टोर बन्द गर्ने गरिएको थियो । बन्द गर्नुभन्दा केही समय अघिमात्र उक्त घटना भएको हो ।

ग्याँस स्टेसन तथा स्टोरहरुमा जोखिम बढ्दै गएको छ । लुटपाटको क्रममा लुटेराहरुसँग बादबिबाद र भीडन्त नगर्न जानकारहरुको सुझाव छ । ग्याँस स्टेसनमा कार्यरत मृतक नेपाली केही महिना अघिमात्र नेपालबाट आएका थिए । ग्याँस स्टेशनका मालिक र मृतकबीच पारिवारिक संबन्ध रहेको छ ।

कृष्ण पन्तले उक्त ग्याँस स्टेशन सन् २०११ देखि सञ्चालन गर्दै आएका थिए । ग्याँस स्टेशनमा कार्यरत रहेकै अवस्थामा दुई वर्ष अघि टेक्ससकै डेन्टनमा नेपाली समिरा शिवाकोटीको हत्या भएको थियो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger