Latest Updates :

आफ्नै श्रीमान्ले लुटिदिए भर्खर बच्चा जन्माएकी सुत्केरी आमाको खुसी

SHARE THIS POST :
बच्चालाई सकुशल जन्म दिएपछि ती आमाको खुसी हेर्न लायक हुन्छ । निकै संघर्ष गरेर सन्तानलाई जन्म दिएपछि आमाले सन्तुष्टिको सास फेर्छिन् । तर, यो सबै खुसी आफ्नै श्रीमान्ले लुटिदिए भने के होला ?

यस्तै दर्दनाक घटना भएको छ भारतको लखनउ रामपुरमा । यहाँ आठौं सन्तान पनि छोरी जन्मिएपछि एक पिताले ती छोरीलाई नै बेचिदिएका छन् । यतिमात्र होइन आफैंले आफ्नी छोरी बेचेर अस्पतालबाटै छोरी हराएको नाटक समेत गरे । सुत्केही आमाले हल्लाखल्ला गरेपछि प्रहरी घटनास्थल पुग्यो । प्रहरीको अनुसन्धानले छोरी बेचिएको खुलासा भएको छ ।

रामपुर जिल्लाको रतनपुरा गाउँकी जियारा नामकी महिलाले ३ जनवरीका दिन जिल्ला अस्पतालमा छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्माउने क्रममा बेहोस पत्नी होसमा नआउँदै उनका श्रीमान्ले छोरीलाई १५ हजारमा बेचिदिए । महिला होसमा आएपछि उनले आफ्नो सन्तान देखिनन् त्यसपछि उनले हल्लाखल्ला गरिन् ।

घटनास्थलमा प्रहरी पुगेर कडाइका साथ सोधपुछ गरेपछि घटनाको खुलासा भएको हो । ती महिलाका श्रीमान् नबी अहमतदे छोरी बेचिदिएकोमा अस्पताल प्रशासनले फिर्ता गरिदिएको छ । नबी अहमदले छोराीको राम्रोसँग पालनपोषण होस् भनेर दिएको बताए पनि बालिका लिनेले भने आफूले १५ हजारमा किनेको बताए ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger