आउँदो माघमा १०० वर्ष पुग्दै गरेकी श्रेष्ठले राजा महेन्द्रलाई तात्कालिक नारायणहिटी दरबारदेखि टुँडिखेलसम्म गाडीमा लैजाने र ल्याउने गर्थिन् । उनले चलाएको गाडीमा महेन्द्रमात्रै होइन, राजा वीरेन्द्ररऐश्वर्य, ज्ञानेन्द्र÷कोमल, दीपेन्द्र, नीराजन र पारससमेत चढेका थिए ।
कोही कहाँ जाने, कोही कता जाने भएकाले थुप्रै दरबारियालाई बोकेर उनी धेरै ठाउँ पुगेकी थिइन् । ‘गाडी चलाउँदा कहिल्यै दुर्घटना भएन,’ उनले अतीत सम्झिन्, ‘बिस्तारै चलाउँथें । त्यतिबेला अहिलेजस्तो बाक्लो गाडी पनि थिएन । र पनि, ध्यान दिएर चलाउँथें ।’
रामदेवी श्रेष्ठले गाडी चलाएको देखेर राजा महेन्द्र त्यत्तिकै खुसी थिए । उनले सुनाइन्, ‘खुसी भएपछि महेन्द्र सरकारले गाडी बकस दिइबक्सेको थियो ।’ दरबारमा रहँदा महेन्द्र रिसाएको कहिल्यै नदेखेको उनले सुनाइन् । श्रेष्ठको निजी गाडीसमेत थियो । ठहिँटी–नघल क्वाँडोनिवासी उनी वीरेन्द्र सरकारको दुहली खोज्न राजाको गाडी चलाएर थुप्रै ठाउँ पुगेकी थिइन् । उनले राजा महेन्द्रलगायत दरबारियालाई गाडीमा दक्षिणकाली र मनकामनासम्म पुर्याएकी थिइन् ।
संवत् १९७५ माघकी उनले राजाको गाडी चलाउने भएकाले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लिन पाइनन् । उनले भनिन्, ‘लाइसेन्स दिने अड्डाका कर्मचारीले राजाको गाडी चलाउनेलाई लाइसेन्स किन चाहियो रु आनन्दले चलाउनूस् भनेर फर्काइदिए ।’
लाइसेन्सविना राजाको गाडी चलाउने उनले काठमाडौं लैनचौरको गल्कोपाखामा दुई महिना गाडी चलाउन सिकेकी थिइन् । उनका श्रीमान् कृष्णदास श्रेष्ठले पनि राजा महेन्द्रको गाडी चलाएका थिए ।
राजा महेन्द्रको ०२८ मा निधन भयो । राजा महेन्द्र र श्रीमान् कृष्णदासको निधनपछि उनी दरबार कहिल्यै फर्किनन् । दरबारमै रहँदा राजा वीरेन्द्रले दरबारको कुरा बाहिर कसैलाई नभन्नू है भनेका थिए । वचनका पक्का उनले त्यसै गरिन् । दरबारका कुरा कहिल्यै कसैलाई सुनाइनन् ।
रामदेवीको ठहिँटीमा पाँचतले घर थियो । भतिजोले छलकपट गरेर बेचिदिए । घर नौ लाखमा बेचे पनि उनलाई एक लाख रुपैयाँमात्रै थमाइयो । घर बेचेपछि उनको बस्ने टुंगो भएन । निःसन्तान उनी बिचल्लीमा परिन् । बिचल्लीमा परेको देखेर उनलाई कसैले दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघर पुर्याइदिएका थिए । रातोपाटी अनलाईनबाट साभार
Post a Comment