Latest Updates :

पोखरामा के भयो यस्तो? ‘आफ्नै अफिस अगाडि राखेको वाईक फर्किदा छैन’,हेर्नुहोस भिडियो

SHARE THIS POST :
२०७४ माघ ९ , मंगलवार
पोखरा । ट्राफिक तथा नेपाल प्रहरी सिठी फुक्दै आएपछि नयाँ बजारमा एकैछिन हंगमा नै भयो । भ्यानसँगै लिएर आएको प्रहरीले धमाधम मोटरसाइकल उठाउने तथा गाडीमा चेनलक गरेपछि आफ्ना सवारी साधन जोगाउन सोमबार नयाँबजारमा दौडधुप नै चल्यो । एक्कासी ट्राफिक तथा नेपाल प्रहरीले त्यसै यसो गरेको भने होइन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्रहरी कार्यालय र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखराका फुटपाथ सफाचट पार्नका लागि यस्तो गरेको हो । पैदलयात्रुका लागि बनाइएको फुटपाथमा मोटरसाइकल तथा गाडी रोकेर कब्जा गरिएपछि धमाधम कारबाही थालिएको हो ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger